पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी
बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ ।
यो सडक बुङ्गल नगरपालिकाको प्रमुख आवागमन मार्ग हो । अधिकांश स्थानमा ग्राभेल गरिएको छ भने केही ठाउँमा कालोपत्रे कार्यसमेत भइरहेको छ । तर रातागडा खोलामा अझै पनि स्थायी पुल निर्माण नहुँदा यातायात सञ्चालनमा अहिले पनि समस्या भइरहेको छ ।
स्थानीय बासिन्दा महेश जोशीका अनुसार, “यसअघि पनि हरेक वर्ष यही खोलामा पानीको बहाव बढ्दा सडक अबरुद्ध हुने गरेको थियो । गत वर्ष लामो समयसम्म सडक बन्द हुँदा बुङ्गल नगरपालिका भित्र खाद्यान्न, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । यस वर्ष पनि त्यस्तै अवस्था दोहो...






