Advertisement

स्वास्थ्य सेवामा २५% छुट: बित्थडचिर–६ का जनताका लागि विद्यार्थी नेता मुकेश स्याँडाको पहल

Advertisement

कैलाली: बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले अब धनगढीस्थित नोभा अस्पतालमा २५ प्रतिशत छुटसहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मुकेश स्याँडाको विशेष पहलमा उक्त सुविधा उपलब्ध भएको हो।

स्वास्थ्य जस्तो आधारभूत आवश्यकता सबैका लागि सुलभ बनाउँदै आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै विद्यार्थी नेता स्याँडाले नोभा अस्पतालसँग औपचारिक सम्झौता गरेका हुन्। अस्पताल प्रशासनसँगको समन्वयमा गरिएको यो सम्झौतामा अस्पतालका प्रमुख प्रशासनिक अधिकृत गिता खत्री र विद्यार्थी नेता स्याँडाले २०८२ वैशाख २४ गते हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का बासिन्दाले सामान्य उपचारदेखि विशेष स्वास्थ्य परीक्षणसम्म २५ प्रतिशत छुटसहितका सेवा प्राप्त गर्न सक्नेछन्। यो सेवा लिनका लागि नागरिकले आफ्नो नागरिकता प्रमाणपत्र वा वडा कार्यालयबाट प्रमाणित परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

छुटसम्बन्धी जानकारी दिँदै विद्यार्थी नेता स्याँडाले भने, “गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले यो पहल गरिएको हो। भविष्यमा पनि जनताको हितमा यस्ता कार्यक्रमहरू निरन्तर अगाडि बढाउने प्रतिबद्धता लिएको छु।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज