Advertisement

Day: २०८२ बैशाख २४, बुधबार १५:४०

सञ्चारमाध्यमले ‘तिमी’ भनेकाेप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि

सञ्चारमाध्यमले ‘तिमी’ भनेकाेप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो । पहिले राजालाई उच्च आदरार्थी भाषा प्रयोग गर्ने सञ्चारमाध्यमहरूले नागरिकका छोराछोरीलाई किन मान्ने भन्ने सोच लिएका ओलीले आराेप लगाउनुभयाे । अङ्ग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन उहाँको आग्रह छ । नेपाली संस्कार र संस्कृतिअनुसार सम्मानको भाषा बोल्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैनथे, आराम गर्थे । सुन्दैनथ...
शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
शौचालय तथा वाथरुम हाम्रो जीवनको अति महत्वपूर्ण हिस्सा हो । यदि हामी स्वस्थ र ठिकठाक छौँ भने अवश्य पनि दिनमा धेरै पटक शौचालयको प्रयोग गर्ने गर्छौँ । दिनमा कयौँ पटक छिर्नुपर्ने शौचालय दुर्घटनाको उच्च जोखिम भएको ठाउँ पनि हो । प्रायगरी शौचालयको सतह चिप्लो हुनेगरी बनाइएको हुन्छ । अनि साबुन तथा यस खालका वस्तुको प्रयोग अनि कुनैबेला सतहमा लेउ जमेर पनि सतह चिप्लो भइरहेको हुन्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त व्यक्तिहरू शौचालयमा चिप्लिएर दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ । यस बाहेक पनि शौचालयमा धेरै प्रकारका दुर्घटना हुने गरेका छन् । शौचालयमा कस्ता-कस्ता दुर्घटना हुन्छन् ? यसबाट कसरी जोगिने ? शौचालय दुर्घटना हुने कारणहरू चिप्लो सतह शौचालयमा दुर्घटना हुने मुख्य कारण चिप्लो सहत नै हो । प्रायगरी भुइँमा टायल वा भुइँ चिप्लो वस्तु राखिएको हुन्छ । यो चिप्...
भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १४ जना मारिए

भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १४ जना मारिए

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको पििरवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ । जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् । यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।  ...
युवा संघको विवादले पर्वतमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते

युवा संघको विवादले पर्वतमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
  पोखरा: राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् । एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए । पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो । विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन् । राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला ...
प्रधानमन्त्री ओलिले गरेको विकास देखेर विरोधिहरु अँत्तालिए- महेश बस्नेत

प्रधानमन्त्री ओलिले गरेको विकास देखेर विरोधिहरु अँत्तालिए- महेश बस्नेत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओली एमालेको नेतृत्वमा आएपछि एमाले र माओवादी केन्द्र एकता गरेर वामपन्थी एकतालाई अघि बढाएको स्पष्ट पारेका छन् । तर, ओलीले विकासको आँधी बेहरी ल्याएको देखेर विरोधीहरु अत्तालिएको पनि उनको टिप्पणी थियो । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्नको लागि देशी विदेशी शक्तिमात्रै नभएर आफ्नै पार्टीका नेताहरु पनि लागेको पनि बताए । आज (शनिबार)नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई उठाउन थालेको र एमालेप्रति आकर्षण बढेको पनि दाबी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कार्यकर्ताहरुले एकीकृत गरेर अघि बढाउने पनि प्रतिबद्धता जनाए । उनले भने,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई हामी बलियो बनाउँछौं । म कमरेड प्रचण्डलाई पनि अनुरोध गर्दछु, नेपालको कम...
घरमा होइन मध्यरात लाँकुरी भञ्ज्याङ स्थित टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड

घरमा होइन मध्यरात लाँकुरी भञ्ज्याङ स्थित टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई मध्यरात ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ। प्राप्त जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष छोरी–ज्वाइँ र केही नजिकका आफन्तसहित मंगलबार साँझ लाँकुरी भञ्ज्याङको रिसोर्ट पुगेका थिए। उनी त्यहाँ रात बिताउने गरी गएका थिए। प्रचण्ड मंगलबार मध्यराति लडेको र तुरून्तै मेडिसिटी ल्याइएको उच्च स्रोतले जानकारी दियो। ‘उहाँलाई दुई बजेतिर मेडिसिटी ल्याइएको थियो। सामान्य उपचारपछि साढे चार बजेतिर डिस्चार्ज गरिएको हो,’ स्रोतले भन्यो। प्रचण्डको टाउकामा तीनवटा टाँका लगाइएको छ भने उनको स्वास्थ्यावस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो। उनकी छोरी गंगा दाहालले पनि बाथरूममा चिप्लिएर अध्यक्ष प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको फेसबुकमा लेखेकी थिइन्। तर कहाँ लडेको उल्लेख गरेकी थिइनन्। उ...
स्वास्थ्य सेवामा २५% छुट: बित्थडचिर–६ का जनताका लागि विद्यार्थी नेता मुकेश स्याँडाको पहल

स्वास्थ्य सेवामा २५% छुट: बित्थडचिर–६ का जनताका लागि विद्यार्थी नेता मुकेश स्याँडाको पहल

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले अब धनगढीस्थित नोभा अस्पतालमा २५ प्रतिशत छुटसहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मुकेश स्याँडाको विशेष पहलमा उक्त सुविधा उपलब्ध भएको हो। स्वास्थ्य जस्तो आधारभूत आवश्यकता सबैका लागि सुलभ बनाउँदै आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै विद्यार्थी नेता स्याँडाले नोभा अस्पतालसँग औपचारिक सम्झौता गरेका हुन्। अस्पताल प्रशासनसँगको समन्वयमा गरिएको यो सम्झौतामा अस्पतालका प्रमुख प्रशासनिक अधिकृत गिता खत्री र विद्यार्थी नेता स्याँडाले २०८२ वैशाख २४ गते हस्ताक्षर गरेका छन्। सम्झौतापछि बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का बासिन्दाले सामान्य उपचारदेखि विशेष स्वास्थ्य परीक्षणसम्म २५ प्रतिशत छुटसहितका सेवा प्राप्त गर्न सक्नेछन्। यो सेवा लिनका लागि नागरिकले आफ्नो नागरिकता प्रमाणपत्र वा वड...
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारत कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ। शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज