Advertisement

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

Advertisement

धनगडि—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ

तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् ।उनीमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, प्रदेश पदाधिकारी मनपरी तरिकाले नियुक्त गर्ने/हटाउने, प्रदेश समिति बैठकका नक्कली कागजात तयार गरी कागजजी प्रमाण तयार गर्ने, पटक-पटक पार्टी नेतृत्वलाई धोका दिएको लगायतका ११ बुँदे आरोप छ । विष्टमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई निवेदनसमेत दिइएको छ ।

सुदूरपश्चिमबाट दिपक बोहरा (डडेलधुरा) , विजय जैरु (कञ्चनपुर) र प्रतिभा रावल (अछाम) गरी तीन जना रास्वपाको केन्द्रीय समितिमा छन् । उनीहरु तीनै जना रवि लामिछाने निकट मानिन्छन् । स्रोतका अनुसार प्रदेश सभापति विष्टले लामिछाने निकटका मान्छेलाई पेल्ने र केन्द्रीय नेतालाई अटेर गर्ने अरोपसमेत लगाइएको छ । ‘प्रदेश सभापतिले सुमना श्रेष्ठ र मुकुल ढकालको इशारामा पार्टी चलाएको देखियो । लामिछाने निकटका केन्द्रीय नेता सुदूरपश्चिममा आउँदा उहाँले फोन नउठाउने, नटेर्ने गरेको धेरै पहिलेदेखि हो,’ स्रोत भन्छ,‘सुमना श्रेष्ठ पछिल्लो समयमा आफ्नो गुट बनाउन लागेको पनि देखिन्छ । लामिछानेबाहेकलाई मान्नेको राजनीति सकिन्छ । प्रदेश सभापति त्यसैको निशानामा पर्नुभयो ।’

काठमाडौं गएको बेला मुकुल ढकाललाई भेट्ने र सुमनालाई नेता मान्ने गरेको आरोपमा उनलाई पार्टीबाटै निकाल्नेसम्मको रणनीति अपाइएको छ । ‘सुमनाको नजिकका मान्छेलाई कारबाही गर्न सके उनी बलियो हुन सक्दैन भन्नेमा लामिछाने निकटकालाई परेको छ । केन्द्रीय सदस्य विजय जैरुको नेतृत्वमा सबै जिल्लाका सभापतिलाई हस्ताक्षर गर्न लगाएर निवेदन दिइएको छ,’ स्रोत भन्छ,‘विष्टलाई हटाउनका लागि लेखिएको निवेदनमा अछाम र बझाङका जिल्ला सभापतिहरु हस्ताक्षर गर्न तयार थिएनन् । उनीहरुलाई दबाबमा ल्याइएको हो । ’

पार्टीभित्र राम्रा मान्छेभन्दा आफू निकटका मान्छेलाई संरक्षण गर्ने प्रवृत्तिको निसानामा आफू पनि परेको रास्वपा प्रदेश सभापति विष्टले बताए । ‘मेरो कामको समीक्षा प्रदेश समितिले गर्नु पर्ने हो । माथिको आड लिएर तलको राजनीति गर्ने प्रवृत्ति छ । राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई संरक्षण गर्ने प्रवृत्ति राजनीतिमा देखिन्छ । यसमा हाम्रो पार्टी पनि अछूत रहेन ।’

प्रदेश समितिमा निर्णय गर्दा विधिविधानमा रहेर नै गरेको उनको दाबी छ । ‘मैले हरेक निर्णय विधिविधानमा टेकेर गरेको छु । म पनि मास्टर्स गरेको इन्जिनियर हुँ । देश, विदेशमा पाएका धेरै अवसर छोडेर फुलटाइम पार्टीलाई दिएको छु’, उनले भने,‘ कोशीको सभापति यस अगाडि नेतृत्वको सिकार भइसकेका छन् । अब मेरो पालो होला । पार्टीबाट निकालिहाले पनि मलाई केही चिन्ता छैन । मैले गर्नु पर्ने धेरै काम बाँकी छन् । आफ्नो काम गरेर बस्छु ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज