Advertisement

शुक्लाफाँटाका जङ्गली जनावर प्रभावित क्षेत्रमा तारजाली

Advertisement

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ
शुक्लाफाँटाको जङ्गली जनावर प्रभावित वडाका रूपमा रहेका वडा नं ८ र १२ मा मेसवायर (तारजाली) जडान सुरु गरिएको हो ।
पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् । प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए ।
उनका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मिटर र वडा नं ८ मा वडा कार्यालयबाट दक्षिणतर्फ गरी दुई हजार नौ सय मिटर मेसवायर जडान हुने भएको छ । “वडा नं १२ मा मेसवायर जडान ६० प्रतिशत जति सकिएको छ”, उनले भने, “दुई किलोमिटर मेसवायर जडान भइसकेको छ, नौ सय मिटरमात्र जडान गर्न बाँकी छ, वडा नं ८ मा एक किलोमिटर जति मेसवायर जडानको कार्य पूरा भएको छभने एक किलोमिटर नौ सय मिटर मेसवायर जडान हुन बाँकी छ ।” दुई महिनाभित्र मेसवायर जडानको काम पूरा गर्ने लक्ष्य लिइएको छ ।
“हात्ती, निलगाई, चित्तल, बँदेललगायत जङ्गली जनावरले खेतबारीमा पसेर लगाएको बालीनाली सबै सखाप पार्दै आएका छन्”, वडा नं १२ का बासिन्दा गेंदुराम रानाले भने, “मेसवायर जडानकार्यले जङ्गली जनावरको आतङ्क रोकिनेमा विश्वस्त छौँ ।” वडाध्यक्ष नबलसिंह रानाले हात्तीले यस क्षेत्रमा स्थानीय किसानको बालीनालीमा क्षति पुर्याउनुका साथै मानवीय र भौतिक क्षति प्रत्येक वर्ष निम्त्याउँदै आएकाले त्यसलाई रोक्न मेसवायर जडान भइरहेको बताए ।
मेवायर जडानकार्यले हात्ती नियन्त्रण हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा हिंस्रक बाघ, चितुवालगायत जनावरले किसानले पालेका घरपालुवा जनावरमा पुर्याउँदै आएको क्षति कम गर्नमा सघाउ पुग्ने उनले बताए। वडा नं ८ मा हात्ती र जङ्गली बँदेलले किसानलाई बर्सेनि निकै हैरानी दिँदै आएकामा त्यसलाई रोक्न मेसवायर जडानले सहयोग पुर्याउने वडाध्यक्ष बहादुरसिंह महरा बताउछन् ।
यसअघि जङ्गली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नका लागि नगरपालिको ठाउँठाउँमा साइरन जडान गर्नुका साथै उज्यालोका लागि बत्ती जडान गरेको छ । नगरपालिकाको वडा नं ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा मेसवायर जडान गरिएको छभने वडा नं ५, ४, ३, २ र १ मा मेसवायर जडानका लागि कार्य अगाडि बढाइने बताइएको छ ।
नगरपालिकाको उत्तर, दक्षिण, पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको छभने पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग सीमा जोडिएको छ । चारैतिर ठुल्ठूला वनको सीमा जोडिँदा नगरपालिकाका सबै वडा जङ्गली जनावरबाट प्रभावित हुँदै आएका छन् । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज