Advertisement

विश्वकप क्रिकेटमा श्रीलंकासँग इंग्ल्याण्ड आठ विकेटले पराजित

Advertisement

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई आठ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे । श्रीलंकाकाे जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे । सदिरा र निसांकाले १ सय ३७ रनको शतकीय साझेदारी गरे ।

इंग्ल्याण्डका लागि दुवै विकेट डेविड विलेले लिए । त्यसअघि भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रन मात्र बनाएको थियो । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।

श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । साविक विजेता इंग्ल्यान्ड आईसीसी विश्वकप २०२३ मा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

इंग्ल्यान्ड ५ खेलमा एकमा जित र चारमा हारसहित २ अङ्कका साथ नवौँ स्थानमा छ । श्रीलंका ५ खेलमा दुईमा जित र तीनमा हारसहित ४ अङ्कका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।  

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज