Advertisement

हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

Advertisement

कैलाली : हेमा श्री फाउन्डेसन नेपालको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा–२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सडक दुर्घटनाका घटना वृद्धि भइरहेका कारण विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले गौरीगंगा नगरपालिकाका पाँचवटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यस्त सडक र राजमार्ग पार गर्दा हुने जोखिमबाट जोगिन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे।

कार्यक्रमका प्रशिक्षक तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख मदन बहादुर ऐरले विद्यार्थीहरूलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा राख्ने, नियम पालन गर्ने, सवारी चलाउँदा ध्यान दिनुपर्ने लगायतका महत्त्वपूर्ण विषयमा जानकारी गराए। उनले परिवार र समुदायमा समेत सचेतना फैलाउन विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्र कडेँलले गरेका थिए भने सञ्चालन हेमा श्री फाउन्डेसनका सदस्य नवीन चन्दले गरेका थिए।

यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको जीवन र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज