धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको मिडिया ‘दिनेशखबर’ का सम्पादक वीरेन्द्र भट्टले जागिर छोडेका छन् । झण्डै पाँच वर्षदेखि सो मिडियामा कार्यरत उनले तलबबापत लाखौं रुपैयाँ लिन बाँकी छ ।
केही दिनअघि उनले सामाजिक सञ्जालमा जागिर छोडेको पोष्ट हालेका छन् । लेखेका छन्,‘मैले आजदेखि दिनेशखबर छोडेँ ।’ उनले तलबका लागि पत्रकारसम्बद्ध संघ संगठन गुहारेको बुझिएको छ । मेयर हमालको अनलाइनले विगतदेखि नै तलब दिन आनाकानी गर्दै आएको स्रोत बताउँछ ।
जसका कारण अधिकांश पत्रकारले तलब नलिइकन धमाधम जागिर छोडिरहेका छन् । सम्पादक भट्टले आफ्नो ६ लाख रुपैयाँ बाँकी रहेको बताए । गत माघ ६ गतेदेखि जागिर छोडेका उनले तलबका लागि निरन्तर मेयर हमालसँग आग्रह गरिरहेका छन् । उनले अलिअलि गरेर रकम लैजान भनेको भट्टको भनाइ छ ।
‘मैले मेयरसँग कुरा गरेँ । त्यसपछि म्यानेजमेण्टमा पनि कुरा राखेँ । उहाँहरु विभिन्न बहा...



