रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्रममार्फत समिति गठन गरिएको हो।
गठित समितिको सभापतिमा गोपाल धामी चयन भएका छन् भने उपसभापतिमा कुम्भराज पण्डित, कोषाध्यक्षमा आशिष धामी र सचिवमा सुनिल सिंह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राम बोहरा, बिरेन्द्र थापा, लोकेन्द्र बिष्ट, जनक थापा, गगन भण्डारी, राजबहादुर बिष्ट, नरेश ऐडी, मोहनराज जोशी, शेरबहादुर खड्का, गोरख रोकाया र सुदीप बडु चयन भएका छन्।
समिति गठन कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशी, बझाङ जिल्ला सभापति सत्यराज उपाध्याय, उपसभापति कृष्ण रोकाया लगायत विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंहल...


