Advertisement

Day: २०८२ चैत्र ९, सोमबार १७:४४

सेती प्रादेशिक अस्पताल मा नर्स र अनमी परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप

सेती प्रादेशिक अस्पताल मा नर्स र अनमी परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप

समाचार
धनगढी — सेती प्रादेशिक अस्पताल, कैलालीले सञ्चालन गरेको स्टाफ नर्स र अनमी पदको परीक्षा सम्बन्धी प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप लागेको छ। अस्पतालले चैत ७ गते शनिबार स्टाफ नर्स र अनमीको परीक्षा सञ्चालन गरेको थियो। बिहान ९ बजेदेखि स्टाफ नर्स र दिउँसो ३ बजेदेखि अनमीको परीक्षा लिइएको थियो। तर स्रोतका अनुसार अनमीतर्फको प्रश्नपत्र टिकमार्कसहित परीक्षा सुरु हुनु अघि नै बाहिरिएको दाबी गरिएको छ। स्रोतले जानकारी दिँदै भन्यो, “अनमीका १८ सिटका लागि परीक्षा भएको थियो, तर दिउँसो ३ बजे सुरु हुने परीक्षा भन्दा अगाडि नै प्रश्नपत्र सार्वजनिक भइसकेको थियो।” यस विषयमा परीक्षा सञ्चालन समितिका संयोजक तथा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे सम्पर्कमा आउन सकेनन्। आफू बिरामी भएको जनाउँदै उनले निमित्तको जिम्मेवारी डा. खगेन्द्र भट्ट लाई दिएका छन्। डा. भट्टले भने यस विषयमा आफूलाई जानकारी नभएको ब...
बझाङको केदारस्यूँमा चैते धान रोपियो, उत्पादन बढ्ने अपेक्षा

बझाङको केदारस्यूँमा चैते धान रोपियो, उत्पादन बढ्ने अपेक्षा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको केदारस्यूँ गाउँपालिकामा चैते धानको परीक्षण खेती सुरु गरिएको छ। चैते धान प्रवर्द्धन गर्न गाउँपालिकाको सहकार्य र कृषि ज्ञान केन्द्र बझाङको सहजीकरणमा वडा नम्बर- ४ सैन्स्यूँमा धान रोपिएको हो। जिल्लामा चैते धानको सम्भाव्यता अध्ययनका लागि सैन्स्यूँमा करिब ३ रोपनी क्षेत्रफलमा ‘हर्दिनाथ-१’ जातको धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यो जात १२० देखि १२५ दिनभित्र पाक्ने भएकाले असार दोस्रो सातासम्म भित्र्याउन सकिने अनुमान गरिएको छ। बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जनकबहादुर सिंहले बताए । पानी अभावका कारण बाँझो रहने जमिनको उपयोग गर्न र खाद्य सुरक्षामा टेवा पुर्‍याउन चैते धानको परीक्षण सुरु गरिएको सिंहको भनाइ छ । उनका अनुसार गहुँभन्दा पनि राम्रो उत्पादन दिने भएकाले जिल्लामा चैते धानलाई विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाइ...
निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी रकम बाँडिएको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेमगर ले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा ५७ जना काँग्रेसीलाई रकम दिएको दाबी गरिएको छ। नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नरनारायण शाह ले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उक्त दाबी गरेका हुन्। उनका अनुसार आलेले आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावलीसमेत दिएको बताएका छन्। शाहले नेतृत्व तहकै केही नेताहरूले पनि आलेबाट रकम बुझेको दाबी गरे। तर, उनले कस–कसले रकम बुझे भन्ने विषय भने सार्वजनिक गरेका छैनन्। नाम सार्वजनिक गरे पार्टीमै गम्भीर असर पर्ने भन्दै उनले विवरण गोप्य राखेको बताएका छन्। चुनावमा पैसाको चलखेलबारे सोधिएको प्रश्नमा शाहले आले स्वयंले काँग्रेसीहरूको सूची दिएको दाबी गरेका हुन्, तर कसले कति रकम लिएको भ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज