डा. भीम रावल लाई चुनाव अघि ठूलो धक्का, रामारोशन ६ बाट ९२ जना एमालेमा प्रवेश
अछाम- चुनावको मिति नजिकिँदै जाँदा अछाम क्षेत्र नं- १ मा राजनीतिक सरगर्मी झन् बढेको छ। यही क्रममा डा. भीम रावल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी लाई ठूलो धक्का लागेको छ।
जिल्लाको रामारोशन गाउँपालिका-६ मा आयोजित चुनावी आमसभाका बीच विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपा एमाले मा समाहित भएका छन्। एमाले उम्मेदवार दिपक साउँदको जन्मथलो भटाकाटियामा आयोजित कार्यक्रममा पूर्व माओवादी तथा हाल नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।
पालिका कमिटी अध्यक्ष भीष्म साउँदका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट ८४ जना, नेपाली काँग्रेसबाट ७ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना गरी कुल ९२ जना एमालेमा समाहित भएका छन्। सुमन परियार, रमेश साउँद, रमित साउँद, कमल वि.क र लक्ष्मण साउँद लगायतका नेताहरूले आजैदेखि एमालेको सक्रिय सदस्यका रू...


