चुनावी माहोलमा नयाँ शैली, साउँदले देखाए राजनीतिक संस्कार
अछाम - दिपक साउँदले चुनावी अभियानका क्रममा राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गरेका छन्। अछाम- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार साउँद शुक्रबार साफेबगर नगरपालिकास्थित आफ्नै प्रतिस्पर्धीहरूको घरमा पुगेर मत मागेका हुन्।
चुनावी घरदैलो अभियानमा व्यस्त साउँद नेपाली काँग्रेसका उम्मेदवार भरत स्वार र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. भीम रावलको निवासमै पुगेर मत मागेका थिए।
घरदैलोपछि साउँदले भने, “मैले मेरा प्रतिस्पर्धी ज्यूकै घरमा पुगेर राजनीतिक संस्कार अनुसार मत मागेको छु। मेरो वास्तविक प्रतिस्पर्धी उहाँहरू होइनन्, अभाव, गरिबी, भ्रष्टाचार र विभेद हुन्।
साउँदका अनुसार भरत स्वारकी धर्मपत्नीले अबिर, फूलमाला सहित स्वागत गर्दै विजयको शुभकामना तथा आशिर्वाद दिएकी थिइन्। उनले यसलाई लोकतान्त्रिक संस्कार र पारस्परिक सम्मानको उदाहरणका रूपमा लिएका छन्।
यता, भीम रावलको घरमा भने कोही नभे...


