२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरीबल आश्रित गुल्म बझाङले मष्टा गाउँपालिकामा हाजिरी जवाफ कार्यक्रम गरेको छ ।
विभिन्न माध्यमिक विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा कुलमष्टाजन माध्यामिक विद्यालय प्रथम स्थान हासिल गरेको छ भने शारदा माध्यामिक विद्यालय दितृय घचाया माध्यमिक विद्यालय तृतीय सरस्वती माध्यमिक विद्यालय सान्त्वना भएको छ ।
सशस्त्र प्रहरी बलकाे स्थापना दिवसकाे अवसरमा यस पटक मष्टा गाउँपालीकालाइ समेटेर विद्यालय स्तरिय कार्यक्रम गरिएको डिएसपी दुर्गाप्रशाद भट्टले बताए । उनले मष्टाकाे कुलमष्टाजन माध्यामिक विद्यालय लगायत स्थानीय सरकारलाई साथ सहयाेग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन ।
कार्यक्रममा मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जाेशी सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जाेशी शिक्षा शाखा प्रम...



