दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको भन्दै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मान गरेको छ।
बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो ।
गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मानपत्र मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मानपत्र ग्रहण गरेको अध्यक्ष बोहराले बताए ।
गाउँपालिकाले पछिल्ला तीन वर्ष...




