बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो
बझाङ- जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित प्रथम भीमसुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
बुङ्गल क्रिकेट समाजले भीम धामी र सुवास बोहराको स्मृति तथा महान चार्ड दसैं तिहारको अवसरमा आयोजना गरेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि टिकापुर युथ क्लब दुर्गाथलि गाउँपालिका ७ ले जितको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बुङ्गल क्रिकेट समाजलाई ४ रनले हराउँदै टिकापुरले उपाधि जितेको हो । प्रतियोगिताको उपविजेता टिकापुर सँग झिनो रनले पराजित भएको आयोजक टिम बनेको छ । त्यस्तै तृतीय सुर्मा गाउँपालिका भएको आयोजकले जनाएको छ ।
प्रथम भीम सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिताको उपाधि बिजेता टिकापुरले नगद ९९ हजार ट्रफी प्रमाणपत्र, उपविजेता आयोजक टिमले नगद ४९ हजार ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यसैगरी तृतीय सुर्मा गाउँपालिकाले ३० हजार ट्रफी ...






