Advertisement

Day: २०८२ आश्विन २५, शनिबार २१:०७

थलारा गाउँपालिका- ६ का युवाहरू र गाउँपालिकाबीच सहमति

थलारा गाउँपालिका- ६ का युवाहरू र गाउँपालिकाबीच सहमति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका–६ सडिलका जेन्जी युवाहरू र गाउँपालिकाबीच सहमति भएको छ । वडा नम्बर ६ को झनाना–सडिल–तराटी–ठिङाललेख सडक खोल्ने माग गर्दै केही दिनअघि युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए। सो सडक खोल्ने विषयमा शुक्रबार गाउँपालिका र युवाबीच छलफल भएपछि सहमति जुटेको हो। गाउँपालिकाले आजदेखि सडक खुलाउने कार्य सुरु गरेको प्रमुख प्रशासनिक अधिकृत प्रयागराज पाध्याये जानकारी दिए। उनका अनुसार झनाना–सडिल–तराटी–ठिङाललेख सडकमा आजदेखि डोजर प्रयोग गरेर काम थालिएको छ। सहमति बैठकमा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम खाती, प्रमुख प्रशासनिक अधिकृत प्रयागराज  र वडा नम्बर ६ का स्थानीय युवाहरू उपस्थित थिए। उक्त कार्य सम्पन्न नभएसम्म पालिकाको कार्यालयमा लगाइएको ताला नखोलिने युवाहरूले बताएका छन् -सम्पादित समाचार ,...
जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

Breaking News 1, बझाङ, राजनीति, विचार, समाचार
सत्यराज सिंह बझाङ, असोज २५ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जेनजि समूह कुनै राजनीतिक संगठन वा वैचारिक समूह नभएको बताएका छन् । जेनजि सुन्दर भविष्य बोकेको र वर्तमान समयको जबरजस्त हिस्सेदार एउटा उमेर समुह भए पनि यसको कुनै वैधानिक तथा आधिकारिक नेतृत्व नभएकाे महरले बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प सच्चिएका र रुपान्तरित दलहरू नै हुने भएकाले जेनजिले प्रकट गरेका भावना, विचार र आकांक्षालाई दलहरूले आफ्नो संरचनाभित्र समेट्नुपर्ने बताए हुन् । उनले भने, ´राजनीतिक दलहरूले जेनजिको भावना र विचारलाई वैचारिक तथा सांगठनिक रूपमा आत्मसात गर्नुपर्छ ।, पार्टीभित्र जेनजि नेतृत्व स्थापित गर्नुपर्छ । यही सहि बाटो हो ।,` उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूको विकल्प खोज्न थाल्दा देश अराजकतातिर धकेलिने र विदेशी शक्तिहरू हावी हुने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ´त्यसरी गए लोकतन्त्र...
ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पोस्ट गर्दै यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो। अब चीनबाट अमेरिका आयात हुने सामानमा कुल १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले उक्त निर्णय नोभेम्बर १ देखि लागू हुने बताएका छन्। अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्नेछौँ,’ उहाँको भनाइ छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध थालेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएर प्रत्युत्तर दिए...
टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने

टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोट अन्तर्गत समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । अब नेपालले सुपर सिक्स चरणमा यूएई, कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो । यसअघि नै नेपाल र जापान दुवै टोलीले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका थिए । कुवेत भने समूह चरणमै बाहिरिएको छ । सुपर सिक्स चरणमा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । जापानमाथि जितसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ । अब नेपालले सुपर सिक्समा जापानसँग खेल्नुपर्ने छैन । नेपालले भोलि समूह ‘ए’ को विजेता यूएईसँग तथा पर्सि उपविजेता कतारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका रहे...
ऐनविपरीत कैलारी गाउँपालिकाका अध्यक्षको घरमा पालिकाको खर्चमा एसी, तीन एसीसहित उपकरण जलेपछि खुल्यो रहस्य

ऐनविपरीत कैलारी गाउँपालिकाका अध्यक्षको घरमा पालिकाको खर्चमा एसी, तीन एसीसहित उपकरण जलेपछि खुल्यो रहस्य

Breaking News 1, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीनवटा एयर कन्डिसनर (एसी) जडान गरेको खुलासा भएको छ। सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ विपरीत चौधरीले कैलारी गाउँपालिका–४, भितरियास्थित आफ्नै घरमा पालिकाको बजेट प्रयोग गरी एसी जडान गराएको जनाइएको छ। अध्यक्ष चौधरीको घरमा ‘ग्री’ ब्रान्डका एक टन क्षमताका दुई थान र १.५ टन क्षमताको एक थान एसी जडान गरिएको थियो। जेनजी आन्दोलनकारीले हालै उनको निवासमा आगजनी गर्दा ती तीनै एसी जलेर नष्ट भएपछि उक्त तथ्य सार्वजनिक भएको हो। गाउँपालिकाले आगलागीबाट भएको क्षतिको विवरण तयार पार्दा चौधरीको घरमा रहेको एसीसहित अन्य विद्युतीय सामग्री पनि पालिकाको खर्चमा जडान गरिएको उल्लेख भएको पाइएको छ। ती सामग्रीमा दुई थान २०० एएच क्षमताका ब्याट्री, चार थान सिलिङ पङ्खा...
डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

Breaking News 1, अछाम, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सुप–प्र–०१–००१ ख ३९५६ नम्बरको ईभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटनाग्रस्त भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको ईभी गाडी अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको बताइएको छ।...
कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार हत्या आरोपमा सोही वडाका २८ वर्षीय लालबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार दुवै अभियुक्त बुढाको टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गर्दा खेत प्रहरी पोस्टका जवानले नियन्त्रणमा लिएका थिए। मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज