बित्थडमा प्रथम बित्थड कप २०८२ सुरू
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थड खेलमैदानमा प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरू भएको छ। प्रतियोगिता राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटिद्वारा आयोजना गरिएको हो।
प्रतियोगितामा गाउँपालिकाभित्रका १९ टिम सहभागी छन्। पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा बित्थडचिर–८ को दाजुभाई अटो वर्कसप ले बित्थडचिर–३ को नरबहादुर स्मृति क्लबलाई पराजित गर्दै विजयी भयो।
यस्तै, दोस्रो खेलमा वडा नं. २ 'बि' र बित्थड युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो, जसमा बित्थड युथ क्लब विजयी भयो।
राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीका अध्यक्ष तारा बोहराको अध्यक्षतामा उद्घाटन भएको समारोहमा बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन धामी प्रमुख अतिथि रहनुभएको थियोे । उनले जिल्लामा खेलमैदानको अभावका बाबजुद ठूलो स्तरमा प्रतियोगिता आयोजना हुनु सकारा...



