
निड्स नेपालद्वारा मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न
बझाङ । बझाङको मष्टा गाउँपालिकामा नागरिक गुनासो व्यवस्थापनको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा रहनुभएको थियो । उहाँले पालिकामा हुने गुनासो सुनुवाई समन्धी नागरिकका गुनासाहरु पालिकाले नै सम्बोधन गरेको बताउनु भयो । यो कार्यक्रमले वडा लगायत पालिका सम्म सुशासन क्षेत्रमा जवाफदेही कामहरु मष्टा गाउँपालिकाले गर्दै आएको बताएका छन् ।
निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले नागरिक गुनासो समन्धी सेसन दिएर उहाँले निड्स नेपालले बझाङका तिन वटा पालिकामा नागरिक गुनासोलाई पारदर्शी र पालिकामा आउने गुनासाहरुलाई टिपोर्ट गरेर नागरिकका गुनासाहरु सहजै रुपमा सम्बोधन गरी यो क्ष...