काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई छिटोभन्दा छिटो संवैधानिक दायरामै रहेर निकास दिन आफू प्रयत्नशील रहेको बताएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न विभिन्न पक्षसँग विचार–विमर्श भइरहेको बताएका छन् ।
त्यस्तै, जेन–जी आन्दोलनकारीहरूको माग छिटोभन्दा छिटो सम्बोधन गर्न पनि प्रयास भइरहेको उनले उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, “आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न समस्याको छिटो समाधान खोजिँदैछ भन्नेमा विश्वस्त रहनुहोस् । मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न संयमतापूर्वक सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।


