Advertisement

Day: २०८२ भाद्र २६, बिहीबार १७:०७

मुलुकलाई संवैधानिक दायरामै राखी निकास दिन प्रतिबद्ध छु : राष्ट्रपति पौडेल

मुलुकलाई संवैधानिक दायरामै राखी निकास दिन प्रतिबद्ध छु : राष्ट्रपति पौडेल

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई छिटोभन्दा छिटो संवैधानिक दायरामै रहेर निकास दिन आफू प्रयत्नशील रहेको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न विभिन्न पक्षसँग विचार–विमर्श भइरहेको बताएका छन् । त्यस्तै, जेन–जी आन्दोलनकारीहरूको माग छिटोभन्दा छिटो सम्बोधन गर्न पनि प्रयास भइरहेको उनले उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न समस्याको छिटो समाधान खोजिँदैछ भन्नेमा विश्वस्त रहनुहोस् । मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न संयमतापूर्वक सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।...
आइतबारदेखि सर्वोच्च अदालतले सेवा पुनः सुरु गर्ने

आइतबारदेखि सर्वोच्च अदालतले सेवा पुनः सुरु गर्ने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- सर्वोच्च अदालतले आगामी आइतबारदेखि सांकेतिक रूपमा सेवा सुरु गर्ने भएको छ। सबै न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठक (फुल कोर्ट)ले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको दर्ता र नियमित सुनुवाइबाट सेवा पुनः प्रारम्भ गर्ने निर्णय गरेको हो। गत मंगलबार जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड भएपछि अदालतको सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। बिहीबार बसेको आकस्मिक पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ प्रारम्भ हुने जानकारी सर्वसाधारणलाई गराइन्छ।” बैठकले सर्वोच्च अदालतसहित देशभरका अन्य अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब नष्ट भएको उल...
कञ्चनपुरमा कारागारबाट फरार कैदी बलात्कार प्रयास आरोपमा पक्राउ

कञ्चनपुरमा कारागारबाट फरार कैदी बलात्कार प्रयास आरोपमा पक्राउ

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी फेरि अपराधमा संलग्न भएको खुलेको छ। दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारलाई बलात्कार प्रयासको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार बुधबार राति खाना खाएर सुतेकी ५० वर्षीया महिलामाथि जबरजस्ती गर्ने प्रयास गरेका सुनार पीडित महिला चिच्याएपछि भागेका थिए। पछि स्थानीयले खेतमा लखेटी पक्रेर इलाका प्रहरी कार्यालय दोधारामा बुझाएका थिए। सुनार यसअघि पनि बलात्कार अभियोगमा पक्राउ परेका थिए। अदालतले उनलाई दोषी ठहर गर्दै नौ वर्ष कैद सजाय सुनाएको थियो र पछिल्ला दुई वर्षदेखि उनी कञ्चनपुर कारागारमै सजाय भुक्तान गरिरहेका थिए। तर, जेनजी आन्दोलनकै अव्यवस्थामा कारागार तोडफोड भएपछि उनी फरार भएका थिए। कारागार प्रशासनका अनुसार कञ्चनपुर कारागार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज