Advertisement

Day: २०८२ भाद्र १०, मंगलवार १८:५०

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो। हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए । दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको हो ...
बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सरकारले सेवा प्रवाहमा सहज ल्याउन बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बझाङको देउरा सहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने खबर आएपछि केही समय अघि झोताबासीले झोतामा इलाका प्रशासक कार्यालय हुनुपर्ने माग राखेका थिए । नापी पालपोत कार्यालय झोता भएको र इलाका प्रशासन कार्यालय पनि झोतामै हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । केहीले व्यक्तिले भने भूगोलका हिसाबले सबैलाई पायक पर्ने देउरा भएकाले देउरामा नै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए । अन्ततः सरकारले इलाका प्रशासन कार्यालय देउरामै स्थापना गर्ने निश्चित गरेक...
आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
  काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले सम्भावित वर्षाका कारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।...
आज हरितालिका तीज

आज हरितालिका तीज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज आज सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाइरहेका छन्। बिहानै स्नान गरी निराहार, जलाहार वा फलाहार गरी व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा गर्ने परम्परा छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले कठिन तपस्यापछि महादेवलाई वर पाएकी थिइन्। त्यसैले विधिपूर्वक तीज व्रत बस्दा मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। विवाहिताले पति–सन्तानको सुस्वास्थ्य र सौभाग्यका लागि, अविवाहिताले असल पतिको प्राप्तिका लागि यो व्रत बस्ने चलन छ। पशुपतिनाथ, गोकर्णेश्वर, कुम्भेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा आज श्रद्धालुको घुइँचो लागेको छ। तीजको अघिल्लो दिन ‘दर’ खाने, दिदीबहिनीहरू माइती घरमा भेला भई नाचगान गर्ने र दुःख–कष्ट पोख्ने परम्परा पनि जीवित छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज