Advertisement

Day: २०८२ भाद्र ६, शुक्रबार १८:०८

उच्च अदालतले सुदूरपश्चिम सरकारको वन अधिकृत सरुवा निर्णय रद्द गर्‍यो

उच्च अदालतले सुदूरपश्चिम सरकारको वन अधिकृत सरुवा निर्णय रद्द गर्‍यो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले नियमविपरीत गरेको डिभिजन वन कार्यालय प्रमुखहरूको सरुवा उच्च अदालत दिपायलले रद्द गरेको छ। प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन ३० गतेको बैठकमार्फत कैलाली र कञ्चनपुरका तीन जना डिभिजन वन अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्टलाई पहलमानपुर, पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई कञ्चनपुर र कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरलाई धनगढी सरुवा गरिएको थियो। यसविरुद्ध भट्ट र कँडेलले उच्च अदालत दिपायलमा रिट दायर गर्दै नियमविपरीत समय अगावै सरुवा गरिएको दाबी गरेका थिए। भदौ ५ गते अदालतले अन्तरिम आदेश जारी गर्दै साउन ३० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ। साथै, भदौ २० गते दुबै पक्षलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन आदेश...
रास्वपा नेता कँडेल निलम्बित

रास्वपा नेता कँडेल निलम्बित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई पार्टीले शुक्रबार निलम्बन गरेको हो। चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई बुधबार प्रहरीले पक्राउ गरी रुपन्देही ल्याएको प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा अनुसन्धान भइरहेको छ।...
सुदूरपश्चिममा आइतबार सार्वजनिक विदा

सुदूरपश्चिममा आइतबार सार्वजनिक विदा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले अट्वारी पर्वको सार्वजनिक विदा दिन लागेको हो । प्रदेश सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा अट्वारी पर्वको अवसरमा साउन २५ गते सार्वजनिक विदा निर्धारण गरेको थियोे । तर साउन १९ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद् ) को बैठकले संशोधन गरि भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।...
कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप

कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको चुरे गाउँपालिकाले हालै शिवगङ्गा खोलाको रोयल्टी सम्बन्धि ठेक्का लगाएको छ। स्रोतका अनुसार कर्मचारीहरूसहित पालिका अध्यक्षका मान्छेले मिलेमतो गर्दै साढे ८ लाख रुपैयाँमा ठेक्का लगाएको आरोप लागेको छ। अलिक अगाडि मात्र पालिकाले उपाध्यक्षलाई जानकारी नदिई ठेक्का सेटिङ गरेको आरोप उठेको छ। यसअघि पनि ठेक्का सेटिङ गरिएको थियो र हाल इन्जिनियरले पुनः सेटिङ गरेको जनाइएको छ। ठेक्का आह्वानको सात दिने पत्रिकासमेत लुकाएर ठेक्का लगाइएको बुझिएको छ। हाल अनलाइन विधिबाट ठेक्का आह्वान गर्नु पर्ने प्रावधान भए पनि यस पटक पालिकाले सो प्रक्रिया अपनाएको छैन। चुरे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कालिप्रसाद भट्टले भने, “म आफू सो विषयमा जानकार भएपनि यसमा मेरो भूमिका छैन,” भनी दाबी गरेका छन्।...
कञ्चनपुरमा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु, युवालाई नगरभित्रै रोजगारीका अवसर

कञ्चनपुरमा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु, युवालाई नगरभित्रै रोजगारीका अवसर

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– जिल्लाको शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ। युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। चालु आर्थिक वर्षका लागि कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ। उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार, यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिनेछ। चौधरीले वडाबाट उद्योग छनोट भएपछि त्यस आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिए। यसरी स्थापना हुने उद्योगमा मागअनुसार अनुदान र...
बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै, तीन वर्षमा ५२ जनाको अवस्था अझै अज्ञात

बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै, तीन वर्षमा ५२ जनाको अवस्था अझै अज्ञात

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, गएको तीन वर्षमा हराएका व्यक्तिहरूमध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ। आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराउँदा ९१ जनालाई फेला पारिएको थियो। तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आव २०८०/८१ मा एक सय १५ हराउँदा ११३ फेला परे, भने आव २०८१/८२ मा एक सय २२ हराएका मध्ये ८६ मात्र फेला परेका छन्। प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार, बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी छ। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र १ ज्येष्ठ नागरिक बेपत्ता भएका थिए। तीमध्ये ८६ जना फेला परेका छन्। प्रहरीले भनेका छन् कि कतिपयले बेपत्ता भएको जानकारी नदिने भएकाले तथ्याङ्क बढ्दै गएको छ। बैतडी भारतसँग खुला सीमा भएकोले धेरैजसो हराएका व्यक्ति भारततर्फ...
साफ यू–१७ महिला फुटबल : नेपालको दोस्रो खेल आज भूटानसँग

साफ यू–१७ महिला फुटबल : नेपालको दोस्रो खेल आज भूटानसँग

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ। खेल भूटानको चाम्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। नेपाल, भूटान, भारत र बंगलादेश सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा हुँदैछ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले पर्सि आइतबार र भदौ ११ गते सोमबार बंगलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने कार्यक्रम छ। प्रतियोगिता आगामी अगस्ट ३१ तारिखसम्म सञ्चालन हुने छ।...
देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली भएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति पनि देशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा गण्डकी र सुदू...
दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र,  तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र, तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- करिब तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थलमा चार वर्षअघि केएस कन्स्ट्रक्सन प्रालि धनगढीले फिलिङ र ग्याबिनको काम सुरु गरे पनि त्यसपछि बजेट नआएपछि निर्माण कार्य अलपत्र परेको हो। २०४६ सालमा सञ्चालनमा आएको विमानस्थल २०५० सालदेखि बन्द छ। २०६० सालदेखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण भइसकेको छ। भवन भग्नावशेषमा परिणत भएको छ भने धावनमार्ग (रनवे) खेलमैदान र गौचरनमा रूपान्तरण भएको छ। आर्थिक वर्ष २०७७/७८ मा अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार बजेट सुनिश्चित गरे पनि पछिल्ला वर्षमा निकासा नहुँदा कार्य प्रगति न्यून भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए। हवाई सेवा सञ्चालन भए दार्चुलासहित बैतडी र बझाङका नागरिकले सुव...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज