Advertisement

Day: २०८२ भाद्र १, आईतवार २१:४७

देशभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा कम

देशभर ९४ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा कम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ-देशभर यस वर्ष १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यो दर गत वर्षको सोही अवधिको ९८.४४ प्रतिशतको तुलनामा करिब ४ प्रतिशत कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशगत तथ्यांकअनुसार, कोशीमा ९४.४२ प्रतिशत, मधेशमा ८६.३५ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धान उत्पादनको प्रमुख भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भने कुल १ लाख ७६ हजार १ सय ५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा धान रोपाइँ भइसकेको छ, जुन करिब शतप्रतिशत हो ।...
केदारस्यूँ गाउँपालिकामा सोमबार शोक विदा

केदारस्यूँ गाउँपालिकामा सोमबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले सोमबार शोक विदा दिएको छ। गाउँपालिकाले आफ्ना कर्मचारी गणेश बहादुर रावलको असामयिक निधनप्रति शोक प्रकट गर्दै भाद्र २ गते सोमबार एक दिनका लागि शोक विदा दिने निर्णय गरेको हो। केदारस्यू गाउँपालिका–२ महरगाउँका स्थानीय र वडा नम्बर १ मा कार्यालय सहयोगी पदमा कार्यरत रावलको साउन ३१ गते सवारी दुर्घटनामा परि उपचारका क्रममा निधन भएको थियो। उनको निधनले गाउँपालिकामा अपूरणीय क्षति पुगेको भन्दै सोमबार पालिका मातहतका सबै कार्यालय बन्द रहने जनाइएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टले संयुक्त विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।...
अस्पताल विकास समितिका करार कर्मचारीलाई स्थायी गर्न कर्मचारी यूनियनको माग

अस्पताल विकास समितिका करार कर्मचारीलाई स्थायी गर्न कर्मचारी यूनियनको माग

समाचार
काठमाडौँ । अस्पताल विकास समितिमा कार्यरत करार कर्मचारीलाई स्थायी नियुक्ति गर्नुपर्ने मागसहित कर्मचारी यूनियनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विधेयक संशोधन गर्न सुझाव दिएको छ। मन्त्रालयले तयार पारेको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था गर्न बनेको विधेयक को मस्यौदा अध्ययनपछि यूनियनले औपचारिक सुझाव पेस गरेको हो। यूनियनका सचिव मनिष कुमार झाले पठाएको सुझावपत्रमा दफा १५(१) — जसअनुसार अस्पतालले स्थायी नियुक्ति गर्न नपाउने व्यवस्था गरिएको छ — खारेज गर्न माग गरिएको छ। उनले विगतमा विकास समितिमा नियुक्त सबै कर्मचारीलाई एक पटकका लागि प्रक्रिया पूरा गरी स्थायी गर्नुपर्ने र नयाँ भर्ना भने ऐनअनुसार गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। त्यस्तै, दफा १५(३) मा करार कर्मचारीलाई मन्त्रालयले आवश्यकताअनुसार एक अस्पतालबाट अर्कोमा खटाउन सक्ने प्रावधानसमेत हटाउन माग गरिएको छ। यूनि...
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। आज बिहान काठमाडौँ आइपुगेका मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिश्री सोमबार पशुपतिनाथको दर्शनपछि स्वदेश फर्किने कार्यक्रम छ। भ्रमणका क्रममा उनले आजै सबै महत्वपूर्ण भेटवार्ता गर्नेछन्। आगामी भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ।...
कैलाली कारागार झडपपछि कैदीहरू मागअनुसार अन्यत्र स्थानान्तरण

कैलाली कारागार झडपपछि कैदीहरू मागअनुसार अन्यत्र स्थानान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली कारागारमा भएको झडपपछि घाइते कैदीबन्दीलाई मागअनुसार अन्य कारागारमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने काम भइरहेको छ । अस्पतालबाट उपचार गरेर फर्किएका कैदीबन्दीलाई स्वास्थ्यलाभका लागि थप समय आवश्यक भएकाले तत्काल रोजेको कारागारमा पठाउने व्यवस्था गरिएको हो । हालसम्म अस्पतालबाट फर्किएका मध्ये ६ जनालाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।। गत साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररतमध्ये नौ जनाबाहेक सबै डिस्चार्ज भइसकेका छन्। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ...
सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशभर आज हर्षोल्लासका साथ मौलिक पर्व ओल्के मनाइँदैछ। ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। यस दिन आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड, पक्वान र अन्य परिकार ओल्कोका रूपमा दिने चलन छ। बिहानै धुहाइधुवाई गरी मीठो–मसिनो खाने, हातमा मेहेन्दी लगाउने र कृषिसम्बन्धी औजार तथा फलफूल आफन्तलाई दिने परम्परा पनि यसैसँग जोडिएको छ। संस्कृतिविद् जयानन्द भट्टका अनुसार वर्षायाम सकिएपछि संकटबाट मुक्त भई नवजीवन प्राप्त भएको खुसीयालीमा यो पर्व मनाउने चलन बसेको हो। धेरै ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने प्रथा पनि रहिआएको छ। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाभन्दा अलग, मौलिक र जेठो पर्वका रूपमा सुदूरपश्चिममा प्रचलित छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। पण्डित दयाकृष्ण पन्तका अनुसार, ओल्को...
जसको कोही छैन, त्यसको प्रशासन

जसको कोही छैन, त्यसको प्रशासन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- जसको कोही छैन, त्यसको जिल्ला प्रशासन” भन्ने भनाइलाई सत्य साबित गर्दै बुङगल नगरपालिकामा भएको रोजगार संयोजकको परीक्षा निष्पक्ष र पारदर्शी भएको पाइएको छ । नगरपालिकाले एक सिटका लागि भर्ना खोलेको रोजगार संयोजक पदमा १० जनाले आवेदन दिएका थिए । तर, शनिबार जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा भएको परीक्षामा ६ जना मात्र सहभागी भए । सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशी विषय विज्ञका रुपमा परीक्षामा उपस्थित हुनु भएको थियो । स्थानीयबासीका अनुसार जिल्ला प्रशासनले लिएको परीक्षा निष्पक्ष र पारदर्शी भएको छ । सहभागी परीक्षार्थीले पनि प्रशासनले पहुँच र पावरभन्दा बाहिर गएर न्यायपूर्ण ढंगले परीक्षा सञ्चालन गरेको भन्दै प्रशंसा गरेका छन् । “मसँग कोही थिएन, तर प्रशासनले निष्पक्ष परीक्षा लिन्छ भन्नेमा ढुक्क थिएँ । अन्ततः परीक्षा मर्यादित, निष्पक्ष र पारदर्शी भयो,” एक परीक्षार्थीले प्रतिक्...
आज कोशी र बागमतीका केही भूभागमा भारी वर्षाको सम्भावना

आज कोशी र बागमतीका केही भूभागमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ । हाल देशभर सामान्यतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको तराई तथा पहाडी भूभागमा, साथै अन्य प्रदेशका पहाडी भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । आज राति पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ । मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी प्रदेशक...
उग्रतारा मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरसफाइ

उग्रतारा मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरसफाइ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिर परिसरमा सरसफाइ गरिएको छ। युवा अगुवाहरूको पहलमा आयोजित कार्यक्रममा स्थानीय वासिन्दा, समाजसेवी, युवाहरू र भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियोे । सहभागीहरूले मन्दिर वरपरको फोहर हटाउने, प्लास्टिक संकलन गर्ने र वातावरण स्वच्छ राख्ने काम गरेका हुन् । कार्यक्रमका क्रममा युवा अगुवा तारा भट्टले मन्दिरलाई आस्था र सम्पदाको धरोहर भन्दै यसलाई सफा राख्नु सबैको जिम्मेवारी भएको बताए। उनले सुरु भएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। सरोकारवालाले धार्मिक स्थल मात्र नभई सार्वजनिक स्थलहरूलाई पनि सफा राख्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले “जय माता उग्रतारा” उद्घोष गर्दै वातावरण संरक्षण र धार्मिक स्थलको महत्त्व जोगाउन सबैलाई आह्वान गरे।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज