एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि
चीनमा करिब नौ वर्षअघि एक महिलाले २० जना पुरुषसँग डेट गरेर सबैबाट नयाँ आईफोन ७ उपहारमा लिएकी थिइन्। उनले ती सबै आईफोन बेचेर १ लाख २० हजार युआन (झण्डै २३ लाख रुपैयाँ) कमाइन् र त्यो रकमबाट आफ्नो लागि फ्ल्याटको अग्रिम भुक्तानी गरेकी थिइन्।
यो घटना फेरि चर्चामा आएको छ किनभने हालै चीनमै यस्तै प्रकृतिको अर्को घोटाला सार्वजनिक भएको छ। तर, यसपटक ठगी गर्ने व्यक्ति एक अधबैंसे पुरुष हुन्, जसले अनलाइनमा ‘सिस्टर होङ’ नामको पहिचान बनाउँदै अन्य पुरुषहरूलाई यौन सम्बन्धका नाममा फसाउने गर्थे।
‘क्रस-ड्रेसिङ’ घोटाला
साउथ चाइना मर्निङ पोस्ट अनुसार यो नयाँ घोटालालाई 'क्रस-ड्रेसिङ स्क्याम' भनिन्छ। घोटालामा संलग्न व्यक्तिले आफूलाई महिला बनाएर विभिन्न पुरुषसँग सम्पर्क गर्थे र उपहारको रूपमा पैसा वा वस्तु माग्थे।
सिस्टर होङ नामले चिनिने ती व्यक्तिको ठगी सार्वजनिक भएपछि, नौ वर्षअघिको आईफोन घोटाला फेरी चर्चाम...





