छबिसपाथिभेरा–७ का अनिल धामीद्वारा बिरामी महिलालाई रगत दान
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं ७ बुढखोरी घर भइ हाल चैनपुरमा अनिल मोबाइल ग्यालरी सञ्चालन गर्दै आएका अनिल धामीले एक विरामी भएकी महिलालाई ज्यान जोगाउन रगत दान गरेका छन् ।
चैनपुरस्थित जिल्ला अस्पताल बझाङमा रगत आवश्यक भएपछि महिलालाई तत्काल रगत आवश्यक परेको थियो । उक्त अवस्थामा धामीले मानवता देखाउँदै स्वेच्छिक रूपमा रगत दान गरेका हुन् ।
रगत अभावका कारण उपचारमा समस्या आउने अवस्था रहेको बेला धामीको सहयोगले महिलाको ज्यान जोगिएको अस्पताल स्रोतले जनाएको छ । धामीले यसअघि पनि सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
उनले यस्ता मानव सेवामूलक कामहरुमा आगामी दिनमा पनि साथ दिने बताएका छन् ।...









