समाजसेवा, राजनीति र समृद्धिका नायक: रामबहादुर सिंह
बझाङ, खप्तड छान्ना — समाजसेवामा समर्पित जीवन र नेपाली काङ्ग्रेसको निष्ठावान कार्यकर्ता भनेर परिचित रामबहादुर सिंहको योगदान अहिले पनि स्थानीय जनमानसमा उत्तिकै सजीव देखिन्छ। खप्तड छान्ना गाउँपालिका–५, मोतुवामा २०२६ साल असार १२ गते स्वर्गीय अर्जुन बहादुर सिंह र रुद्रादेवी सिंहको कोखबाट जन्मिएका सिंह सामाजिक परिवर्तनका एक सशक्त अभियन्ता मानिन्छन्।
बाल्यकालदेखि नै समाजप्रतिको जिम्मेवारीबोधसहित हुर्किएका सिंहले प्रारम्भिक शिक्षा खप्तड माध्यमिक विद्यालयबाट सुरु गरे भने कक्षा ६ देखि १० सम्मको अध्ययन बाजुरास्थित मालिका माध्यमिक विद्यालयमा पूरा गरे। शिक्षा सँगसँगै कराँतेमा प्रथम डनसम्मको उपाधि हासिल गरेका सिंहले मार्तडीमा कराँते प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरेका थिए।
मार्तडीमा केही समय सेवा गरेपछि उनी आफ्नो जन्मभूमि फर्किएर बझाङको सामाजिक विकासमा होमिएका थिए। सडक निर्माणदेखि विद्यालयलाई जग्ग...






