Advertisement

२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

Advertisement

२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

डडेलधुराका ‘मम्याल बाजे’ भनेर परिचित ८४ वर्षीय रावलको आज निधन भएको छ।
केही दिन यतादेखि बिरामी रहेका उनको आज निधन भएको हो।
नवदुर्गा गाउँपालिकाको मम्या भन्ने स्थानका मूल निवासी र अमरगढी नगरपालिका बसोबासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै आएका थिए।
उनी २०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध उम्मेदवार बनेका थिए।
प्रचारप्रसार नगर्ने, चुनाव चिन्हमा सूर्यमुखी फूल भिरेर घाम ताप्ने र ‘एक मत आए पनि पुग्छ’ भन्ने उनको विचारले उनलाई जिल्लामै चर्चित बनाएको थियो।
मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावल २०४८ सालको संसदीय निर्वाचनताका शेरबहादुर देउवालाई सहयोगीको रूपमा चुनाव जिताउन खटिएका थिए।
तर, त्यसपछिको सरुवा विवादले उनी देउवासँग खिन्न बने र जीवनभर प्रतिस्पर्धा गर्ने अठोट लिए।
‘ मैंले आफन्त भनेर भोट दिलाएँ, तर जब मैले जिल्लामै बस्ने भनें, तर देउवाले ‘हुँदैन। कहाँ हुन्छ ? आफ्नो मान्छे राखिसकेका छौँ, उसलाई बैतडी पठाऊ’ भनेछन् रे’ अघिल्लो चुनावमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘त्यो दिनदेखि मैले भोट माग्दै हिँड्न छोडें, तर उम्मेदवारी भने कहिल्यै रोकिनँ।’
२०७४ सालको चुनावमा उनले २८० मत पाएका थिए। भने ०७९ को चुनावमा ४४२ मत पाएका थिए।
८४ निर्वाचनमा देउवाले चुनाव लडे रावल
पनि तयारीमा थिए।
‘मलाई जिताए, जिल्लावासीलाई दुई छाक खाने बनाउँछु, देउवाजस्तो बजेट खाने नेता बन्दिन्न,’ भन्ने उनको भनाइ पछिल्लो चुनावमा चर्चित बनेको थियो।
आज मम्याल बाजे यस दुनियाँबाट सधैंका लागि बिदा भए। उनी अब देउवाविरुद्ध उम्मेदवारी दिने छैनन्।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज