Advertisement

Day: २०८२ जेष्ठ २३, शुक्रबार २१:२९

इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ, प्रेस चौतारी नेपाल बझाङ शाखाले नवनियुक्त केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भुवनबहादुर सिंहलाई आज दिउँसो एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरेको छ । कार्यक्रम प्रेस चौतारी बझाङ शाखाको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिंहलाई खादा‌ प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरिएको हो ।   उक्त कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामी, सहसचिव सुरेन्द्र खत्री, पूर्व पदाधिकारी, सञ्चारकर्मी, उपस्थिति थियो ।  साथै, विशेष अतिथिका रूपमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य रमेश केसी तथा पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह पनि कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष सुरेश धामीले भुवनबहादुर सिंहको लामो समय पत्रकारिता अनुभव, संगठनमा देखाएको समर्पण र निष्पक्ष भूमिकाको प्रशंसा गर्दै उहाँको नेतृत्वमा बझाङको पत्रक...
२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा
२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन । डडेलधुराका 'मम्याल बाजे' भनेर परिचित ८४ वर्षीय रावलको आज निधन भएको छ। केही दिन यतादेखि बिरामी रहेका उनको आज निधन भएको हो। नवदुर्गा गाउँपालिकाको मम्या भन्ने स्थानका मूल निवासी र अमरगढी नगरपालिका बसोबासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै आएका थिए। उनी २०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध उम्मेदवार बनेका थिए। प्रचारप्रसार नगर्ने, चुनाव चिन्हमा सूर्यमुखी फूल भिरेर घाम ताप्ने र 'एक मत आए पनि पुग्छ' भन्ने उनको विचारले उनलाई जिल्लामै चर्चित बनाएको थियो। मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावल २०४८ सालको संसदीय निर्वाचनताका शेरबहादुर देउवालाई सहयोगीको रूपमा चुनाव जित...
अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
२३ जेठ, काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालले हदबन्दी छुटको जग्गा सट्टापटाको स्वीकृति मन्त्रिपरिषद्को निर्णयबाट गराएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ ।   तत्कालीन प्रधानमन्त्री नेपाललाई मुख्य आरोपित मानिएको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख बिगो जरिवाना र सजायको माग गरिएको छ । अब यो मुद्दा कसरी टुंगिएला, त्यो विशेष अदालतको निर्णयमा भर पर्नेछ ।   तर, प्रधानमन्त्रीको हैसियतमा हुने निर्णयविरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता हुन सक्ने नजिर भने अख्तियारबाट सुरु भएको छ । यसअघि प्रधानमन्त्रीले गर्ने निर्णयलाई नीतिगत भनेर अख्तियारले प्रवेश गर्ने गरेको थिएन । यही पतञ्जलि जग्गा प्रकरणलाई पनि अख्तियारले २०६९ मा नीतिगत निर्णय भनेको थियो । ...
पतञ्जलि प्रकरणमा दुई महिनासम्म रोकिएको थियो निर्णय, आयुक्त चन्दले गरेका छैनन् हस्ताक्षर

पतञ्जलि प्रकरणमा दुई महिनासम्म रोकिएको थियो निर्णय, आयुक्त चन्दले गरेका छैनन् हस्ताक्षर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
२३ जेठ, काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग १७ चैत, २०८१ मा बयान लियो । त्यसको पाँच दिनपछि अर्थात २२ चैतमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनामाथि मुद्दा चलाउने निर्णय गरेको थियो । तर निर्णय गरेको दुई महिनापछि अर्थात २०८२ जेठ २२ गतेमात्र विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय आयोगभित्र सर्वसम्मतिले गरेको भनिए पनि आयुक्त जयबहादुर चन्दले निर्णयमा हस्ताक्षर गरेका छैनन् । बैठकको निर्णयमा उनले फरक मत पनि लेखेका छैनन् ।     अख्तियार स्रोतले भन्यो, ‘त्यो दिन उहाँ आयोगमा उपस्थित भएपनि बैठकको निर्णयमा उहाँको हस्ताक्षर छैन । पछि गर्ने भनेर थाँती राखेको पनि हुनसक्छ ।’     अख्तियारको योजना अनुसार, निर्णय भएको दिन रातारात फाइलहरु तयार गर्ने र ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज