Advertisement

Day: २०८२ जेष्ठ १२, सोमबार १४:३७

भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिषा अनियमितता प्रकरणले नेपालको राजनीतिक वृत्तमा गहिरो हलचल ल्याएको छ । अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि गम्भीर अनियमितताको पर्दाफास भएको छ । सोही सन्दर्भमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीहरूको संलग्नता देखिएपछि सत्ताभित्र र बाहिर व्यापक विवाद सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका छन्। रास्वपाले संसदमा एकपछि अर्को कठोर प्रश्न उठाउँदै गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्पष्ट माग राखेको हो । माओवादी केन्द्रका नेताहरू पनि यति गम्भीर प्रकरणमा चुप लागेर बस्न नहुने भन्दै मन्त्रीको जिम्मेवारीमा नैतिक प्रश्न उठाएका छन् । तत्कालीन उपप्रधा...
अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः उडान सुचारू हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान गर्ने भएको हो । साताको दुई दिन अछामको साँफेबगर विमानस्थल र बझाङको देवल विमानस्थलमा धनगढीबाट उडान भर्ने समिट एयरले जनाएकाे छ । जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाइएको छ । समिट एयरका प्रतिनिधि आभाश शाहले प्रत्येक सोमबार सोमबार धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे–नेपालगञ्ज तथा बिहीबार धनगढी–साँफे–धनगढी र धनगढी–बझाङ नेपालगञ्ज उडान हुने जानकारी दिए । उनका अनुसार धनगढी–बझाङको भाडा छ हजार पाँच सय तथा धनगढी–साँफेको भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ । एयर फास्ट कार्गो सर्भिससंगको सहकार्यमा समिट एयरले पहाडी जिल्लामा उडान भर्ने तयारी थालेको हो ।...
कांग्रेस एमालेको निष्कर्ष: गृहमन्त्रीमाथिको प्रहार जायज छैन

कांग्रेस एमालेको निष्कर्ष: गृहमन्त्रीमाथिको प्रहार जायज छैन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ । सत्तारुढ दुई दल (कांग्रेस र एमाले) का शीर्ष नेताहरूबिच आगामी जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकमा बजेट तयारी र सरकार सञ्चालनबारे छलफल भएको एक नेताले बताए । उनका अनुसार मुलुकमा सुशासन र कानुन कार्यान्वयन गर्न सरकार सुन्य सहनशीलताको नीतिबाट पछि हट्न नहुनेमा नेताहरूको जोड रहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए । शीर्ष बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएकोमा दु...
बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा– नेपाली सेनाले बाजुराको बडिमालिका मन्दिर निर्माणको काम तीब्र पारेको छ । धार्मिक पर्यटकिय तथा ऐतिहासिक स्थलका रुपमा रहेको बडिमालिका क्षेत्रमा नेपाली सेनाले मन्दिर निर्माणको काम गर्न थालेको हो । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र उपाध्यायले बताए । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि भौगोलिक विकटता लगायत विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सरकारले मन्दिर निर्माणका लागि पहल गरेको भए पनि निर्माण हुन नसकेको पुजारी उपाध्यायको भनाइ छ । यसअघि सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण कार्य हुन सकेको थिएन । यो पटक भने नेपाली सेनाको सक्रियतामा मन्दिर निर्माण कार्य तीव्र पारिएको छ । पुरानो मन्दिर भत्क...
भिजिट भिसा काण्डमा नारायणकाजी पो रहेछन् सबैभन्दा बदमास, तथ्य-प्रमाण राखेर अनुसन्धान अधिकृतले नै खोलिदिए पोल

भिजिट भिसा काण्डमा नारायणकाजी पो रहेछन् सबैभन्दा बदमास, तथ्य-प्रमाण राखेर अनुसन्धान अधिकृतले नै खोलिदिए पोल

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङमा भिजिट भिसाको नाममा हुने मानव तस्करी र अवैध लेनदेनको विषयमा नेपाल प्रहरीका एक पूर्व डिएसपीले सनसनीपूर्ण खुलासा गरिदिनुभएको छ । सो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको बेला ती सोही बिषयमा अनुसन्धान अधिकृत रहनुभएका पूर्वडिएसपीले यस काण्डमा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको संलग्नता रहेको तथ्य बाहिर ल्याउनुभएको छ । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले नयाँ विषयका खुलासा गरिदिनुभएको हो । पन्थीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करी गर्ने गिरोहले आफ्नो सरुवा गराएको कुरा सार्वजनिक गर्नुभएको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा आफ्नो सरुवा भएको पनि उहाँले तथ्य खोल्नुभएको छ । पन्थी...
आज माओवादी केन्द्रसँग दुईवटा पार्टीको एकता 

आज माओवादी केन्द्रसँग दुईवटा पार्टीको एकता 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
आज नेकपा माओवादी केन्द्रसँग दुई पार्टीले एकता गर्दैछन् । नेपाल समाजवादी पार्टी र नेपाः पार्टीबिच  माओवादीको एकता हुन लागेको हो ।  माओवादी र समाजवादी पार्टीबीच कान्तिपुर ब्याङ्क्वेट ग्वार्को खरिबोट ललितपुरमा पार्टी एकता कार्यक्रम रहेको छ । त्यस्तै  नेपाः पार्टीबीच पार्टी एकता कार्यक्रम नेपाः ब्याङ्क्वेट खुसिबुँ नयाँबजारमा हुने भएकाको माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । उनले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।...
वडाध्यक्षहरूलाई ओलीको सुझाव– अर्को चुनाव पनि आउँछ, पार्टीविरोधी नहुनू

वडाध्यक्षहरूलाई ओलीको सुझाव– अर्को चुनाव पनि आउँछ, पार्टीविरोधी नहुनू

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टीविरोधी गतिविधि नगर्न सुझाव दिएका छन्। आइतबार बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले चुनाव आइरहने भन्दै विजयी भएपछि पार्टीबाट टाढा नहुन सचेत गराए। ‘तपाईंहरू पार्टीको कार्यकर्ता हुनुहुन्छ । तपाईंहरू जनप्रतिनिधि भएर उडिसकेपछि चंगाको धागो काटिएजस्तो पार्टीसँग तपाईंहरूको सम्बन्धको धागो काटिनुहुँदैन । झन् बलियो हुनुपर्छ,’ उनले भने, ‘मलाई अरू मतलब छैन, म जनप्रतिनिधि हुँ, खुरुखुरु काम गर्छु, मलाई पार्टीको मतलब छैन भन्यो भने फेरि अर्को चुनाव पनि आउँछ।’...
धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी; लागू औषध नियन्त्रणमा संलग्न प्रहरी टोलीले धनगढीमा ठूलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत धनगढी वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री र प्रहरी नायव निरीक्षक दीपेन्द्र किमाडीको विशेष टोलीले १७ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ। २०७८ जेठ १२ गते बिहीबार, लागू औषध ब्युरो शाखा कार्यालय धनगढीसँगको समन्वयमा खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहा र वडा नम्बर १२ जुगेडा ‘बी’ गाउँमा अपरेशन चलाएको थियो। अपरेशनको क्रममा दुई स्थानबाट लागू औषध बरामद गरिएको हो। धनगढी–३ चौराहाबाट प्रहरीले १६ ग्राम २३० मिलिग्राम खैरो हिरोइन बरामद गर्दै भारतको लखिमपुर खिरी गोला घर भई हाल पल्यामा बस्दै आएका २४ वर्षीय अभिनेश कुमारलाई पक्राउ गर्‍यो। धनगढी–१२ जुगेडा बी गाउँबाट प्रहरीले थप १ ग्राम ६२० मिलिग्राम खैरो हिरो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज