Advertisement

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

Advertisement

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । कुमाल बेपत्ता भएपछि उनीसँगको ३ वर्षदेखिको प्रेम सम्बन्धमा रहेर विवाह गर्न राजी भएकी बाजुराकी बुढा थरकी युवती खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेकी थिइन् ।

कुमालकी भाउजुले समेत देवरको खोजीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् तर कुमालको अत्तोपत्तो नलागेपछि अन्ततः दुवै परिवारको समेत सहमतीमा तय भइसकेको विवाह रद्द भएको थियो ।

कुमाल सम्पर्कमा नआएपछि प्रेम सम्बन्धमा रहेकी युवती अब उनको वास्ता नगर्ने निर्णयमा पुग्छिन् । तर प्रेममा भएका बेला विभिन्न समयमा युवकलाई पठाएको झन्डै दुुई लाख पैँसाको चिन्ताले उनलाई पिरोल्न थाल्यो ।

घरपरिवारलाई विभिन्न समयमा युवकलाई एक लाख ८३ हजार रुपैयाँ बैँकमार्फत पठाएको देखाएपछि उनका बुवा उक्त रकम फिर्ता गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेका थिए । तर त्यहाँ केटा पक्षले उनी सम्पर्कमा नभएका कारण रकम दिन नसकिने अडान लिएपछि तनाव सिर्जना भयो ।

प्रहरीले पैँसाको मामला आफैँ मिलाउन आग्रह गर्दै उनीहरुलाई सम्झाइ बुुझाइ गरेको थियो । केटा पक्ष केटी पक्षलाई उक्त रकम फिर्ता गर्न तयार भएर उनीहरु छुट्टिएका थिए । रोचक कुरा के भने, प्रहरी कार्यालयमा रकम फिर्ता लिने÷दिने सहमति गरेको भोलिपल्टै युवती बेपत्ता भनिएका युवकसँगै विवाह गर्न भन्दै भागेर गएको खुलेको छ ।

५ जेठमा उनीहरुबीच रकम फिर्ता दिने सहमती भएको थियो । त्यसको भोलिपल्ट भने युवती उनै युवकसँग भागेको कुरा स्वयंम उनका बुवाले इलाका प्रहरी कार्यालय मालाखेतीलाई जानकारी दिएका थिए । युवक पक्षले समेत युवती युवकसँगै पुगिसकेको बताएको प्रहरीले जनाएको छ । यो सँगै उनीहरुको टुट्नै लागेको प्रेम फेरि जोडिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज