Advertisement

Day: २०८२ बैशाख १४, आईतवार १४:०२

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कर्णाली प्रदेश, कालिकोट, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
"एउटा मान्छे हराएको जमाना भइसक्यो,  खै खबर, चिठी नआएको जमाना भइसक्यो..." - यो  हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको २०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए । कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्‍यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर ...
पूर्वमन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीबाट लिएको रकम फिर्ता गरे, ‘घुस नभई ऋण’ भएको दाबी

पूर्वमन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीबाट लिएको रकम फिर्ता गरे, ‘घुस नभई ऋण’ भएको दाबी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
लुम्बिनी :लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीसँग लिएको भनिएको रकम फिर्ता गरेका छन्। योजनाको डिपिआर पास गराइदिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएको आरोप लागेपछि चौधरीले उक्त रकम हालै फिर्ता गरेका हुन् । गत वर्ष २०८० साल असोज महिनामा चौधरीले ‘५० लाखको योजना पास गराइदिन्छु, त्यसका लागि १० प्रतिशत तिर्नुपर्छ’ भन्ने शर्तमा पाँच लाख रुपैयाँ मागेको सेवाग्राहीको दाबी थियो। उनले चौधरीकै निर्देशनअनुसार रकम आईपीएस प्रणालीमार्फत पठाएको र त्यसको बैंक रसिदसमेत सार्वजनिक गरिएको थियो । तर रकम पठाइएपछि योजना नअगाडि बढेको, कुनै लिखित प्रक्रिया शुरू नभएको र चौधरीसँग सम्पर्क नै टुटेको सेवाग्राहीको भनाइ थियो । जब रकम फिर्ता माग्न थालियो, चौधरीको व्यवहार आक्रामक भएको आरोप लगाइएको थियो । यो प्रकरण बाहिर आएपछि चौधरीले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूमाथि लाग...
प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा सफल अपरेशन : धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ”

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा सफल अपरेशन : धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ”

समाचार
धनगढी, ०८२।०१।१४ — धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र प्रहरी निरीक्षक (प्रनि.) योगेश खत्रीको संयुक्त टोलीले गौरीगंगा नगरपालिका–८ बस्ने ५३ वर्षीया बेलमती बोहरा लाई लागुऔषधसहित पक्राउ गरेको छ। शनिबार बिहान ९:३० बजे शंका लागि जाँच गर्दा बोराडाडी क्षेत्रबाट बोहराको साथमा लागुऔषध जस्तै देखिने २ केजी ५८० ग्राम चरेश फेला परेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्। लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा गरिएको उक्त अपरेसन सफल भएको बताउँदै निरीक्षक खत्रीले भने, “हामी निरन्तर निगरानीमा छौं। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ।” स्थानीयवासीहरूका अनुसार, निरीक्षक खत्रीले वडा इञ्चार्जको जिम्मेवारी सम्हालेयता यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई बारम्बार पक्राउ गरिएकाले पछिल्लो समयमा लागुऔषधसम्बन्धी घटना...
स्व. फर्मासिस्ट उत्तम ढुङ्गानाको असामयिक निधन, भागेश्वर एकेडेमी मा शोकबिदा

स्व. फर्मासिस्ट उत्तम ढुङ्गानाको असामयिक निधन, भागेश्वर एकेडेमी मा शोकबिदा

समाचार
धनगढी, कैलाली । भागेश्वर एकेडेमी परिवारले आफ्ना पूर्व विद्यार्थी स्व. उत्तम प्रसाद ढुङ्गानाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। स्व. ढुङ्गाना विगत एक महिनादेखि भारतको दिल्लीस्थित म्याक्स  अस्पतालमा उपचाररत थिए। कलेजोमा देखिएको गम्भीर समस्याका कारण उहाँको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पछाडि लामो समय आई सि यु  र भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि, दुर्भाग्यवश, स्वास्थ्यमा अपेक्षित सुधार नआउँदा आज अल्पायुमा उहाँको दुःखद निधन भएको खबरले सम्पूर्ण परिवार, आफन्त र शिक्षालय परिवारलाई स्तब्ध बनाएको छ। पीडा यति गहिरो छ कि शब्दमा व्यक्त गर्न कठिन छ। भागेश्वर एकेडेमी परिवारले स्व. ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो कठिन घडीमा धैर्य र शक्ति मिलोस् भन्ने कामना गरिएक...
बुंगललाई सहायक सिडिओको चेतावनी : १५ दिनभित्र अटो नियमन गर

बुंगललाई सहायक सिडिओको चेतावनी : १५ दिनभित्र अटो नियमन गर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — बुंगल नगरपालिकामा अटो रिक्साका भाडादर र व्यवस्थापनमा देखिएको लापरबाहीप्रति असन्तुष्टि जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीले नगरपालिका प्रमुखलाई १५ दिनभित्र सुधार गर्न कडा चेतावनी दिनुभएको छ । बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रममा बोल्दै सपजिअ जोशीले अनियमित र मनपरी भाडा असुली तत्काल रोकिनुपर्ने बताउनुभयो। "१५ दिनभित्र अटो भाडा दर तय गरी व्यवस्थित गर्नू," उहाँले कडाइका साथ निर्देशन दिनुभयो, "नत्र कडा कानुनी कारवाहीको सामना गर्न तयार रहनुहोस्।" बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीसमक्ष प्रत्यक्ष रूपमा चेतावनी दिँदै जोशीले स्थानीय सरकार नै बेखबर बनेर नागरिकलाई सास्ती दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा ट्राफिक प्रमुख विनोद विष्टले समेत भाडा, नम्बर प्लेट र मापसेसम्बन्धी निय...
बझाङको बुंगलमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

बझाङको बुंगलमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको आयोजनामा बुंगल नगरपालिका क्षेत्रका सवारी धनी तथा चालकहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीको सभापतित्व रहेको थियो भने बुंगल नगरपालिकाका मेयर जयबहादुर धामी प्रमुख अतिथि रहनुभएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीसहित स्थानीय जनप्रतिनिधि, सवारी धनी, चालक, सर्वसाधारण र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय बझाङका प्रमुख बिनोद विष्टले रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने स्पष्ट जानकारी गराउनुभयो। यस्ता सवारीले यात्रु बोक्दा कानुनी कारवाही हुने बताउँदै, कालो नम्बर प्लेट भएका सवारी साधनले भाडा दरभन्दा बढी असुल्न नपाउने र मापसे (मदिरा सेवन) गरेर सवा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज