Advertisement

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

Advertisement

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको छ। सोमबार नगरप्रमुख जयबहादुर धामीले प्रादेशिक कार्यालय अत्तरिया पुगेर नेपाल टेलिकमका प्राविधिक शाखा प्रमुख आशिष बटाजुसँग भेटवार्ता गर्दै टावरहरूमा विद्युत आपूर्ति र नेटवर्क सुधारबारे विस्तृत छलफल गरेका हुन्।
नगरप्रमुख धामीले नगरपालिकामा देखिँदै आएको मोबाइल नेटवर्क समस्याको अन्त्यका लागि टेलिकमसँग समन्वय गरिएको जानकारी दिए। उनले टावरहरूमा विद्युत आपूर्ति भएपछि हाल देखिएका नेटवर्क समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे।
छलफलका क्रममा बुङ्गल नगरपालिका–१० टुमेडा देउलिकोट क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत विस्तार गर्नुपर्ने माग नगरपालिकाले राखेको थियो, जसप्रति नेपाल टेलिकम सकारात्मक देखिएको छ।
प्राविधिक शाखा प्रमुख बटाजुले विद्युतीकरणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै लाइन विस्तारका लागि आवश्यक तार उपलब्ध गराउने बताएका छन्। साथै, जेठ महिनाभित्रै टेलिकम टावरमा विद्युत लाइन जडान गर्ने सहमति भएको छ।
यस पहलसँगै बुङ्गल नगरपालिकामा सञ्चार सेवा अझ प्रभावकारी र भरपर्दो बन्ने अपेक्षा गरिएको छ। त्यस्तै क्रमशः अन्य टावरहरूमा पनि विद्युत लाइन बिस्तार गरिने जनाइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज