Advertisement

राजनीति किन उथलपुथलमा छ ?

Advertisement

दिपेन्द्र धामी, बझाङ- समय सधैं परिवर्तनशील हुन्छ। परिवर्तन नै समयको गतिशील स्वरूप हो, र राष्ट्र पनि यही परिवर्तनको लहरसँगै नयाँ भविष्यको खोजीमा अग्रसर हुँदै गएको देखिन्छ। गाउँ, समाज, जिल्ला र प्रदेशस्तरसम्म विविध रूपले परिवर्तन भइरहेको छ। तर यतिबेला सबैभन्दा धेरै चर्चा र चासोको विषय बनेको छ — राजनीति किन उथलपुथलमा छ?

राजनीति देशको भविष्य निर्माण गर्ने एउटा संयन्त्र हो। जब नेतृत्व सही दिशा र सोचसाथ अघि बढ्छ, राष्ट्र समृद्धितर्फ अग्रसर हुन्छ। तर यदि नेतृत्व दिशाविहीन भयो भने, देश अन्योल र अस्थिरताको दलदलमा फस्न सक्छ। हाल नेपालको राजनीतिक परिवेशमा देखिएको अस्थिरता, नेतृत्वको हेरफेर, गठबन्धनको बारम्बार परिवर्तन, एक-अर्कामाथि आरोप-प्रत्यारोप जस्ता घटनाक्रमहरूले जनतामा गहिरो निराशा र भ्रम पैदा गरिरहेको छ।राजनीतिक दलहरूप्रति विश्वासको संकट दिनानुदिन गहिरिँदै गएको छ। पुराना नेताहरूले नयाँ पुस्तालाई नेतृत्वमा स्थान नदिएको, निर्णय प्रक्रियामा पारदर्शिता नभएको, र पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको गुनासो व्यापक रूपमा उठेको छ। फलस्वरूप, गुटबन्दी, फुट, र स्वार्थमा आधारित गतिविधिहरूले राजनीतिक अस्थिरता झनै बढाइरहेका छन्।

राजनीतिमा कोही राष्ट्रसेवाको भावना लिएर आउँछन् भने, कोही आफ्ना व्यक्तिगत स्वार्थका लागि राजनीतिमा लाग्ने गरेका छन्। पछिल्लो समय इमान्दार, निष्ठावान र जनताको सेवामा समर्पित नेताभन्दा पनि चापलुसी, अवसरवाद र गुटगत स्वार्थमा सक्रिय पात्रहरू देखिन थालेका छन्, जसले गर्दा योग्य र सक्षम व्यक्ति पन्छाइएका छन्। राजनीतिक दलहरूको घोषणापत्र सुन्दा देश स्वर्ग बन्ने सपना देखिन्छ। तर जब त्यसको कार्यान्वयनको कुरा आउँछ, ती सबै कुरा केवल कागजमै सीमित भएर रहन्छन्। वर्षौंदेखि जनताले सुन्दै आएका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका वाचा व्यवहारमा नआउँदा जनविश्वासमा खडेरी परेको छ।

सामाजिक सञ्जालको प्रभाव, गलत सूचनाको बाढी, र हल्लाकै भरमा फैलाइने अफवाहहरूले पनि राजनीतिक माहोललाई उल्झाइरहेका छन्। नेताहरूको व्यक्तिगत जीवनलाई राजनीतिक विषय बनाएर प्रचारबाजी गर्ने प्रवृत्तिले जनतालाई भ्रमित तुल्याइरहेको छ।आजको नेतृत्वमा स्पष्ट नीति, विचार र दीर्घदृष्टिको अभाव छ। नेताहरू सत्ताका लागि विचार, सिद्धान्त र गठबन्धन सजिलै परिवर्तन गर्न पछि पर्दैनन्। यस्तो स्थितिले जनता दिशाहीन र दिग्भ्रमित भएका छन्।राजनीतिक उथलपुथल दीर्घकालीन रूपमा कुनै पनि राष्ट्रका लागि राम्रो संकेत होइन। परिवर्तन स्वाभाविक हो, तर त्यो परिवर्तनले स्थायित्व, समावेशिता र समृद्धितर्फ डो-याउनु आवश्यक छ। नेपालको समस्या परिवर्तनको होइन, नेतृत्वको संकट हो। जबसम्म देशमा जवाफदेही, दूरदर्शी र समर्पित नेतृत्व उदय हुँदैन, तबसम्म यस्ता उथलपुथल निरन्तर दोहोरिइरहनेछ।

यसैले अबको आवश्यकता गुणस्तरीय, दूरदर्शी र जिम्मेवार नेतृत्वको हो, जसले राष्ट्रलाई स्थायित्व र समृद्धिको दिशामा डोहोर्याउन सकोस्।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज