डोटीमा चलिरहेको बोलेरो जिपबाट खस्दा गाडी साहुको मृत्यु
धनगढी- डोटीमा बोलेरो जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-२ कुचेडाका गाडी साहु ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको चलिरहेको उक्त जिपबाट खसेर मृत्यु भएको हो ।
बिज्ञापन
सोमबार बेलुकी ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जिपको पछाडिको ढालामा बसिरहेका बोहराको ढालाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिपबाट खसेका उनलाई तत्कालै उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिपबाट खस्दा उनको छाती र टाउकोमा चोट लागेको थियो।
आदर्श गाउँपालिका-३, नुवाकोटका २३ वर्षीय गाडी चालक विराज भट्टलाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।...

