गाउँपालिका राष्ट्रिय महासंघद्वारा स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकारसँग माग
धनगढी- गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम कार्यसमितिले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ। महाससंघले आइतवार मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो।
महासङ्घका उपाध्यक्ष उत्तमबहादुर रोकायाले मुख्यमन्त्री शाहलाई मागपत्र बुझाउनु भएको थियो। महासंघले समपूरक र विशेष अनुदान प्राथमिकताका साथ दिइनु पर्ने माग गरेको छ।
यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालनका लागि पिएलजिएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त रूपमा कार्यक्रम गर्नमा सहजीकरण गर्नुपर्ने माग अगाडि सारिएको छ। यस्तै, महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको स्रोत उपलब्ध गराउनुपर्ने प्रदेश सरकारसँग माग राखिएको छ।
मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले स्थानीय सेवा ऐन प्रदेश सरकारले तुरुन्त जारी गर्ने प्रतिबद्धत...











