Advertisement

Day: २०८१ चैत्र ८, शुक्रबार २२:२३

चैत ५ गते स्थगित भएको घोडाघोडी क्याम्पसको स्ववियु निर्वाचन अब चैत २३ मा हुने

चैत ५ गते स्थगित भएको घोडाघोडी क्याम्पसको स्ववियु निर्वाचन अब चैत २३ मा हुने

Breaking News 2, कैलाली, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेको उक्त क्याम्पसमा अब चैत्र २३ गते निर्वाचन हुने भएको हो । त्रिभुवन विश्वविद्यालय मातहत रहेको सो क्याम्पसमा मतदाता नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन स्थगित गरिएको थियोे । क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा निर्वाचन प्रकृया रोकिएको थियो । समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिएका थिए । तर निर्वाचन स्थगितको सूचना आए लगत्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय...
धनगढीमा ६ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण, वैशाखबाट प्रयोगमा आउने

धनगढीमा ६ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण, वैशाखबाट प्रयोगमा आउने

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा ६ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । सहरी क्षेत्रमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भइरहेको समस्यालाई मध्यनजगर गरेर उपमहानगरपालिकाले आधुनिक शौचालय निर्माण गरेको हो । दुई वटा शौचालय स्थलमा खानेपानी उपलब्ध हुने वाटर एटीएमसमेत राखिएको छ । पाँच वटा शौचालय धनगढी उपमहानगरपालिकाको कार्यालय र एउटा जाइकाले बनाएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिए । आधुनिक शौचालयमा सानो चमेना गृह सञ्चालन गर्नसक्ने सटर र एक जना बस्न सक्ने कोठासमेत बनाइएको छ । महिला, बालबालिका, पुरुष र फरक क्षमताका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने गरी सुविधायुक्त शौचालय बनेको इन्जिनियर भट्टको भनाइ छ । “पहिलेका शौचालय जस्तो यी शौचालय रहँदैनन्”, उनले भने, “सरसफाइमा विशेष ध्यान दिइने छ ।” धनगढी उपमहानगरपालिकाले बनाएको पाँच वटा सार्वजनिक शौच...
बैतडीमा ५० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

बैतडीमा ५० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कोल्डस्टोर औपचारीक रुपमा सञ्चालनमा आएको जनाइएको छ । प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले बताए । गाउँपालिकाले बजार मूल्यभन्दा बढी दरमा किसानबाट प्रतिकिलो ५५ रुपैयाँमा आलु खरिद गरेको छ। यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो। उत्पादन भएको तरकारी, फलफूल तथा अन्य कृषि उपज भण्डारण गरी बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको पालिकाले जनाएको छ। दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र भएकाले यसले किसानलाई प्रत्यक्ष ...
कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्। बिहिवार दोधरा-चाँदनी नगरपालिका-३ शिबनगर टोलमा खेतमा देखिएको चितुवालाई भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते भएका हुन्। घाइते हुनेमा दोधारा-चाँदनी नगरपालिका-३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ। घाइते दुबै जनालाइ दोधरा-चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।...
बझाङमा १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बझाङमा १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जिल्लाको थलारा गाउँपालिका-४ कि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही वडाका ६० वर्षीय गम्भिरे सार्की पक्राउ परेका हुन् । सार्कीले किशोरीलाई २०८१ भदौ १५ गते साँझ ५ बजेको समयमा आफ्नै खेत बारीमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको भन्ने प्रहरीमा आएको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठकुन्नाले जानकारी दिए । उनका अनुसार सार्कीलाई चैत ६ गते अस्थाई प्रहरी पोष्ट बगडा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियोे । अहिले आरोपित र पीडित दुबै जनाको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।...
कुटपिटमा परेका पत्रकार मिश्रसंग छलफल, महासंघद्वारा दोषीलाई कारबाहीको माग

कुटपिटमा परेका पत्रकार मिश्रसंग छलफल, महासंघद्वारा दोषीलाई कारबाहीको माग

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा समाचार लेखेको भन्दै कुटपिटमा परेका पत्रकार प्रकाश मिश्रसंग नेपाल पत्रकार महासंघले छलफल गरेको छ । कुटपिटपछि घाइते पत्रकार मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीको टोली सुुखड पुगेर घटनाबारे छलफल गरेको हो । छलफलको क्रममा पीडित पत्रकार मिश्रले दोषीलाई कारवाही हुनुपर्ने बताए । “समाचार लेखेकै कारण म माथी कुटपिट भएको छ” पत्रकार मिश्रले छलफलमा भने, “यस्तालाई कडा कारवाही हुनुुपर्छ । दोषीलाई कारवाहीका लागि महासंघले साथ दिनुपर्छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै भरमा पत्रकार माथि कुुटपिट हुनु दु:खद घटना भएको बताए । समाचारमा विमती भए कानुुनी प्रकृयामा जाने बाटो खुला हुँदाहुँदै पत्रकारमाथी भौतिक आक्रमणमा उत्रिनु गलत हो“ देउवाले भने, ”पत्रकार माथी आक्रमण गर्नेलाई कानुनी कठघरमा उभ्याउनु जरुरी छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अ...
छाउपडी प्रथा अन्त्य गर्न सुदूरपश्चिम र कर्णालीमा  ७ सय ७५ छाउगोठ भत्काइए : मन्त्री सुडी

छाउपडी प्रथा अन्त्य गर्न सुदूरपश्चिम र कर्णालीमा ७ सय ७५ छाउगोठ भत्काइए : मन्त्री सुडी

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाडौँ- सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका ७ सय ७५ छाउगोठ भत्काइएको बताइएको छ । शुक्रवारको राष्ट्रियसभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावमाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर शाह सुडीले यस्तो बताएका हुन्। उनका अनुसार कर्णाली प्रदेशको जाजरकोटमा एक, कालिकोटमा १५, सुर्खेतमा २९७ तथा सुदूरपश्चिम प्रदेशको बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ गरी जम्मा ७७५ छाउगोठ भत्काइएका हुन्। छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कानूनी दायरामा ल्याउने प्रयास गरिएको उनको भनाइ छ। उनले समुदाय–प्रहरी साझेदारीमार्फत महिला हिंसा र छाउपडी कुप्रथाविरुद्धको अभियानलाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको बताए। महिनावारीमा गर्ने भेदभाव, विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणको लागि मर्यादित मह...
सुदूरपश्चिममा व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह

सुदूरपश्चिममा व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह गरेको छ । प्रदेश सरकार,आर्थिक मामिला मन्त्रालय मातहतको स्वरोजगार विकास कोषले सहकारी संस्थासँगको वित्तीय साझेदारीमार्फत २ हजार ९ सय १६ विपन्न व्यक्तिलाई विनाधितो ६० करोड दुई लाख कर्जा उपलब्ध गराउन थालेको हो । कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले कोषबाट थोक कर्जा प्राप्त गरेका सहकारीमार्फत विपन्न व्यक्तिले बढीमा तीन लाखसम्म सहुलियत ब्याजदरमा खुद्रा कर्जा प्राप्त गरिरहेको बताए । कोषको कार्यक्रमको पहुँच प्रदेशभरिका सबै पालिका तहमा भने पुगेको छैन । ३७ स्थानीय तहमा कोषको पहुँच पुगेको छ । यी स्थानीय तहमा सञ्चालित ९९ सहकारीसँग वित्तीय साझेदारी गरेर कर्जा प्रवाह गरिरहेको छ । बाँकी ५१ स्थानीय तहमा कोषको पहुँच विस्तार गरी कर्जा प्रवाह गर्ने प्रयास भइरहेको छ । ’कर्जा प्रवाह...
ऐन महरविरुद्धको मुद्दा प्रक्रिया पुर्याएर गर्न अदालतको आदेश, फैसला उनको पक्षमा हुने सम्भावना

ऐन महरविरुद्धको मुद्दा प्रक्रिया पुर्याएर गर्न अदालतको आदेश, फैसला उनको पक्षमा हुने सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं: नेकपा (एमाले) का नेता ऐन महरविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पुनः प्रक्रिया पुर्याएर गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। अदालतले जाहेरवालाको उजुरीमाथि अनुसन्धान नगरी तामेलीमा राख्ने प्रहरी र सरकारी वकिलको निर्णय बदर गरे पनि ऐन महर दोषी रहेको भन्ने कुनै ठोस निष्कर्ष ननिकालेको स्पष्ट गरेको छ। न्यायाधीश व्रिजेश प्रसाद कुशरे र कृष्णराम कोइरालाको संयुक्त इजलासले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उजुरीलाई पुनः प्रक्रिया पुर्याएर गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ऐन महरको कानुनी अवस्था अझ स्पष्ट र महरतर्फ बलियो हुँदै गएको देखिन्छ। बझाङकी रस्मीला कुमारी धामीले ऐन महरविरुद्ध जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंमा जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन्। तर, प्रहरी अनुसन्धानका क्रममा जाहेरवालाले आरोप पुष्टिका लागि पर्याप्त प्रमाण पेश गर्न नसकेको निष्क...
बझाङमा प्रमुख जिल्ला अधिकारी फेरि, को आउँदैछन् नयाँ सिडिओ..

बझाङमा प्रमुख जिल्ला अधिकारी फेरि, को आउँदैछन् नयाँ सिडिओ..

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी फेरि दिएको हो । मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई उनको ठाउँमा पठाएको छ ।
आज सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना

आज सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाण्डौ– आज सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्र बाहेक उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात पनि हुने सम्भावना छ । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव कायमै रहेकाले देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।...
कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा ४ जना लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको धनगढीमा दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ परेका हुन । लम्कीचुहा नगरपालिका ९ घर भई हाल धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषधसहित बिहीवार पक्राउ गरिएको हो। यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। यस्तै धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिक सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चालक बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका-६ बस्ने २१ वर्षीय रवी चौधरी पक्राउ परेका छन्। यी दुबै युवकलाई १५० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। यी चारै जनालाई वडा प्रहरी कार्यालय धन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज