डोटीमा कक्षाकोठा अभावका कारण खुल्ला चौरमा पठनपाठन, खुला ठाउँमै शौच
धनगढी- डोटीको एक विद्यालयमा कक्षाकोठा अभावका कारण विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठा अभावका कारण खुला चौरमा पढ्न बाध्य भएका हुन्।
विद्यालय २०४५ सालमा स्थापना भएको भएपनि आवश्यक भवन निर्माण हुन नसक्दा वर्षौंदेखि विद्यार्थीहरू नजिकैको मालिका मन्दिरको प्राङ्गणमा पठनपाठन गराउँदै आएकोे प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिए ।
हाल विद्यालयमा अध्यनरत ९२ जना विद्यार्थी भएतापनि दुईवटा मात्र कक्षाकोठा रहेका छन् । तीमध्ये एक कोठा विद्यालय प्रशासनका लागि प्रयोग गरिँदा अर्को कोठामात्र कक्षा सञ्चालनका लागि रहेको छ।
“२०७९ कात्तिक २३ गतेको भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएको थियोे । दुई वटा टिनले छाएका कोठा जीर्ण अवस्थामा छन्,” प्रधानाध्यापक जोशीले भने, “पटक–पटक प्रदेश तथा स्थानीय सरका...












