दार्चुलाको अपिहिमालमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने,पालिकाबाट प्रवाह हुने सेवा टोलमै पाइने
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यहीँ चैत्र ३ गतेबाट २५ गतेसम्म सम्म एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाबाट प्रवाह हुने सेवालाई सबै वडाका बस्तीहरुमा पुर्याउनका लागि शिविर सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार शिविरमा गाउँपालिकाबाट प्रवाह हुने कृषि तथा भेटेरिनरी सेवा, ज्येष्ठ नागरिक दिवा खाजा कार्यक्रम, पञ्चिकरण शाखाका सेवाहरु, अध्यक्ष ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य जाँच, आयुर्वेदिक औषधी वितरण तथा चेकजाँच, पूर्वाधार सेवा कार्यक्रम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भुक्तानी लगायतका सेवा गाउँ टोलमै पुगेर प्रदान गरिनेछ ।
शिविर चैत्र ३ गतेदेखि चैत्र ६ गतेसम्म वडा नम्बर ३, चैत्र ७ गतेदेखि चैत्र १० गतेसम्म वडा नम्बर ६ , चैत्र ११ गतेदेखि चैत्र १४ गतेसम्म व...









