Advertisement

Day: २०८१ फाल्गुन १९, सोमबार २२:००

बझाङमा स्वतन्त्र ८५ वर्षीय जेष्ठ नागरिकद्वारा रास्वपाको कार्यालय उद्घाटन

बझाङमा स्वतन्त्र ८५ वर्षीय जेष्ठ नागरिकद्वारा रास्वपाको कार्यालय उद्घाटन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुरेन्द्र खत्री बझाङ । बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पार्टी कार्यालय उद्घाटन गरिएको छ । सोमबार जिल्ला सदरमुकाम चैनपुरमा पार्टी कार्यालय उद्घाटन गरिएको हो । पार्टी कार्यालयको कुनै पनि राजनीति दलसँग आवद्ध नभएकी(स्वतन्त्र) जेष्ठ नागरिक ८५ वर्षीय महेश्वरी सिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन् । सिंहले कार्यालय उद्घाटन गरेर अवलोकन तथा निरीक्षण समेत गरेकी छिन् । जिल्लामा पार्टी विस्तारको काम स्थापना कालदेखिनै गरि विभिन्न कार्यक्रम गरिएतापनि औपचारिक रूपमा भने सोमबारबाट कार्यालय उद्घाटन गरिएको जिल्ला कमिटी सदस्य तथा पार्टी प्रवक्ता अशोक मल्लले जानकारी दिए । जिल्लामा कार्यालय स्थापना सँगै अब पार्टीका विभिन्न गतिविधि सञ्चालन गर्न सहज हुने प्रवक्ता मल्लको भनाइ छ। कार्यालय उद्घाटन गर्नु अघि चैनपुर बजार परिक्रमा गरिएको थियो । पार्टीका जिल्ला सभापति सत्यराज उप...
कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

कञ्चनपुरमा एकजना वडाध्यक्ष सडकमा बसेर सेवा प्रवाह गर्दै, सडक कालोपत्रको माग

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कञ्चनपुरमा एकजना वडाध्यक्षले सडकमा बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउँदले सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका हुन । वडाध्यक्ष साउँदले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि सडक कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन् । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक-नायल-बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेको बताए । कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने समेत उनले बताए । ‘पटक-पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सि...
साइपालमा हिम पहिरो,, जयपालका ४५ भेडा बेपत्ता

साइपालमा हिम पहिरो,, जयपालका ४५ भेडा बेपत्ता

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको साइपाल गाउँपालिकामा हिम पहिरोमा परि  ४५ वटा भेडा  बेपत्ता भएका छन्। साइपाल गाउँपालिका-४ धुलीका जयपाल रोकायाका ४५ भेडा हिमपहिरोमा परि बेपत्ता भएका हुन। गुदुपाल हिमालको फेदीमा रहेको गुदुपाल सामुदायिक वनबाट भेडा चराएर घर तर्फ फर्किने क्रममा हिमपहिरो आएको प्रहरीले जनाइएको छ। घटना शनिबारको भए पनि प्रहरीमा भने आइतबार मात्रै खबर आएको प्रहरीले जनाएको छ। हिमपहिरोमा भेडाहरू परेको खबर आएलगत्तै सीमा प्रहरी चौकी धुलीबाट उद्धारको लागि आइतबार नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार पनि प्रहरी र स्थानीयले पहिरोमा पुरिएका भेडाहरूको खोजी गरिराखेका जनाइएको छ।...
कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका प्रहरीको मृत्युु

कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका प्रहरीको मृत्युु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका एकजना प्रहरीको मृत्युु भएको छ । जिल्लाको धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका– २ मा प्रहरी नायब निरीक्षक ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटना हुँदा मृत्यु भएको हो । आज बिहान साढे ११ बजे सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा बोहरा गम्भीर घाइते भएका थिए,’ उनलाई दुर्घटना पछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियोे भने १२ बजेको बोहराको निधन भएको छ ।’ प्रहरी नायक निरीक्षक बोहराको घर बझाङको मष्टा गाउँपालिका –७ हो । उनी सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) हुन् ।...
चन्दा असुली गर्दै हिँडेपछि जोशी अनेरास्ववियुबाट निष्कासित

चन्दा असुली गर्दै हिँडेपछि जोशी अनेरास्ववियुबाट निष्कासित

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अखिल (अनेरास्ववियु) बझाङले जिल्ला कोषाध्यक्ष सुरेश जोशीलाई संगठनको मर्यादा विपरीत चन्दा संकलन गरेको आरोपमा कारबाही गरेको छ। उनलाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निष्कासन गरिएको अनेरास्ववियु बझाङका अध्यक्ष रुपक धामीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। धामीका अनुसार जोशीको गतिविधिले संगठनको गरिमामा आँच पुगेको भन्दै उनलाई कारबाही गर्नु परेको हो। विज्ञप्तिमा भनिएको छ, **"जोशीले संगठनको अनुशासन तोड्दै अनधिकृत चन्दा संकलन गरेकाले उनलाई आजको मितिबाट निष्कासन गरिएको जानकारी गराइन्छ।"** जोशी एमाले केदारस्युँ गाउँपालिका–८ का वडा कमिटी अध्यक्षसमेत थिए। निष्कासनपछि उनले एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्। पार्टी छोड्नुको कारणबारे उनले स्ववियु निर्वाचन नजिकिँदै गर्दा पार्टीकै नेतृत्वद्वारा उठाइएको ऋण नतिरेको विषयलाई प्रमुख...
फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र पठाएको छ। गाउँपालिकाले आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन कार्य गर्न भन्दै पत्र पठाएको हो। परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोगमा रहेकाे भन्दै सम्भाव्यता अध्ययन गरी दिन आग्रह गरेकाे जनाएकाे छ। फलाम खानी उत्खनन गर्न सके मुलुकलाई फलामकाे कच्चा पदार्थकाे स्राेत पहिचान र यस क्षेत्रमा कलकारखाना स्थानपना भई समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएकाे छ। त्यस्तै गाउँपालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज