Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कैलालि को चौथो जिल्ला अधिवेशन सम्पन्न

Advertisement

 

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ  कैलालि को चौथो जिल्ला अधिवेशन कैलाली बौनियाँ मा सम्पन्न भएको छ। यस अधिवेशनबाट अध्यक्ष विक्रम बहादुर बोहराको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। कार्यक्रमको अध्यक्षता जयकला रावलले गरेकी थिइन् भने प्रमुख अतिथि महासंघका केन्द्रीय  उपमहासचिब हिमालय तिवारी रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा बर्दगोरियाका मेयर कर्ण कुँवर , नेकपा एमाले कैलालि अधक्ष्य यज्ञ ढुंगाना   तथा अन्य अतिथि केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज सिद्ध ढुंगाना, केन्द्रीय सदस्यहरू भरत खाती र ईश्वरी भुसाल रहनुभएको थियो।

नवगठित कार्यसमितिमा अध्यक्ष विक्रम बहादुर बोहरा, उपाध्यक्ष बिज्ञान भट्ट, महिला उपाध्यक्ष सृजना चन्द, सचिव अनिल सिंह, उप-सचिव सागर बम र अन्य सदस्यहरू नृप बिक, अम्बिका कुमारी कार्की, सान्ती लामा, गोमा रोक्का, कर्ण बहादुर बिष्ट, भुवन शाह, बल बहादुर कठारिया, केशब मास्के, तर्कराज खतिवडा, इन्द्र चौधरी, लक्ष्मी पौडेल, पुस्प राज खतिवटा, खेम बिक र पुस्प राज खतिवटा रहनुभएको छ।

कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि हिमालय तिवारीले स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण गर्दै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न महासंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नवगठित कार्यसमितिले स्वास्थ्यकर्मीहरूको हकहितका लागि सक्रिय भई प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष विक्रम बहादुर बोहराले स्वास्थ्यकर्मीहरूको अधिकार रक्षा गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउनु हाम्रो प्रमुख लक्ष्य रहेको बताउनुभयो। उहाँले महासंघलाई अझ सशक्त बनाउन सबैको सहयोग आवश्यक रहेको जनाउनुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज