Advertisement

जनयुद्धको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भ – प्रकाश नेपाली

Advertisement

हरेक देशको परिवर्तनको आधार एउटा आन्दोलन र एउटा कुशल नेतृत्व हो, जसले देशलाई नयाँ दिशामा अघि बढाउँछ। नेपालको इतिहासदेखि वर्तमानसम्मका हरेक कालखण्डमा कुनै व्यक्ति, कुनै नीति, कुनै विचार, कुनै पार्टी वा कुनै सिद्धान्तले देशलाई परिवर्तनको जग निर्माण गरेको छ। ती परिवर्तनका संवाहकहरूलाई सम्मान गर्नु हरेक नेपाली नागरिकको कर्तव्य हो।

इतिहासका पानाहरू पल्टाउँदै गर्दा, अंग्रेजविरुद्धको लडाइँ, राणाविरुद्धको लडाइँ र पञ्चायती शासनविरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेल्ने वीर नेपालीप्रति हामीले उच्च सम्मान व्यक्त गर्नुपर्छ। आज हामी २१औं शताब्दीमा उभिएका छौं, जहाँ आम नागरिकका हक, अधिकार र हित सुनिश्चित भएका छन्।

आजको नेपालको यो परिकल्पना र उपलब्धिहरूको जग जनयुद्धले निर्माण गरेको हो। जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड, बाबुराम र वैद्यजस्ता अग्रजहरूले गणतन्त्रको स्वामित्व स्थापित गर्न ऐतिहासिक भूमिका खेलेका छन्। जनयुद्धले दिएको अधिकार इतिहासका पानाबाट मेटिन सक्दैन।

यो संघर्ष गरिब, दलित, उत्पीडित र पिछडिएका वर्गहरूको लागि अत्यन्त महत्त्वपूर्ण रह्यो। सामान्तवादी राज्यसत्तामा रमाउने र जनताको अधिकारलाई थिच्न खोज्ने शक्तिहरूका लागि जनयुद्ध टाउको दुखाइ बनेको छ। तर गरिब, उत्पीडित र दलित वर्गको लागि यो आन्दोलन महान थियो, महान छ र महान रहिरहनेछ।

आज पनि दलाल र विदेशी पुँजीवादी शक्तिहरूलाई जनताले प्राप्त गरेका अधिकार पचाउन गाह्रो भइरहेको छ। किनकि उनीहरूको सोच र नियत सधैं स्वार्थ केन्द्रित रहेको छ। तिनीहरूले आफूभन्दा बलियो अरूलाई स्वीकार्न चाहँदैनन्।

त्यसैले, फागुन १ गते मनाइने जनयुद्ध दिवस सम्पूर्ण गरिब, पिछडिएका, दलित, महिला र उत्पीडित वर्गहरूको पर्व हो। यसलाई उत्साहका साथ मनाऔं र जनयुद्ध तथा माओवादीले देशका लागि खेलेको भूमिकालाई सम्मान गरौं।

प्रकाश नेपाली
(प्रदेश सह-सचिव, नेकपा माओवादी केन्द्र)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज