Advertisement

भैरहवाबाट चार एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

Advertisement

भैरहवा —सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले शुक्रबार र शनिबारबाट अन्तर्राष्ट्रिय उडान गर्दै छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।

 

स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।

 

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो ।

दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ ।

फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए ।

फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

नेपाल एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरुवात गर्ने तय भए पनि रद्द गरिएको रावतले जनाए । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट राति १०ः२० बजे भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको रावतले बताए । नेपाल एयरलाइन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मंगलबार क्वलालम्पुर–काठमाडौं–भैरहवा उडान कायम छ ।

शुक्रबारबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा चहलपहल देखिएको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीका कर्मचारीको ओहोरदोहार बढेको छ । अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल बाहिर यात्रु र सर्वसाधारणको भीड लाग्न थालेको छ । लामो समयदेखि सुनसान विमानस्थल परिसरमा रौनक छाउन थालेको छ ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । लगत्तै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा आएका थिए । सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र सेना खटाइएको थियो । विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा छ । आवश्यक जनशक्ति व्यवस्थापन गरिएको थियो । अहिले यहाँ नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रूपन्देहीमा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सीलगायत पर्यटन पूर्वाधारमा लगानी वृद्धि भएको छ । विमानस्थल लक्ष्य गरेर करोडौं लगानीका गरेका व्यवसायी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएपछि निराश थिए । उडान सञ्चालन गर्न माग गर्दै स्थानीय विभिन्न संघसंस्थाले धर्नादेखि पटकपटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

विभिन्न विमान कम्पनीले नियमित उडान गर्ने निश्चित भएपछि लुम्बिनीका पर्यटन व्यवसायीमा आशाको सञ्चार भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारीले बताए । चार वायुसेवा कम्पनीले नियमित उडान गर्नु खुसीको कुरा भएको र यसलाई निरन्तरता दिने वातावरण बनाएर थप विमान कम्पनीलाई आकर्षित गर्नुपर्नेमा उनको जोड छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बासिन्दलाई काठमाडौंबाट भन्दा भैरहवाबाट विदेश जान सहज र सस्तो पर्ने गरी व्यावसायिक वातावरण बनाउने दायित्व निजी क्षेत्रको पनि रहेको उनको भनाइ छ । ‘यहाँ विमान चल्न थालेको जानकारी व्यापक बनाउनुपर्छ,’ अधिकारीले भने, ‘पहिले उडान थाल्न माग गर्ने तर विमान कम्पनीले उडान सुरु गरेपछि मौन बस्नु हुँदैन ।’

जतिसक्दो धेरै प्रचार गरेर यात्रुलाई भैरहवाबाट उड्ने वातावरण तयार गर्न सरोकारवाला जुटनुपर्ने उनले बताए । यसका लागि रूपन्देही र आसपासका पर्यटन व्यवसायीले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । पहिले उडान सञ्चालन माग गर्दै विमानस्थल बाहिर भैरहवाका व्यवसायी धर्नामा बसेका थिए । अहिले धेरै विमान कम्पनीले उडान सुरु गरे पनि उनीहरू प्रचारमा जुटेका छैनन् । भैरहवा विमानस्थल चलायमान हुँदा जिल्लास्थित निजी क्षेत्रलाई धेरै लाभ हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जनाए । त्यसैले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन राज्यसँगै निजी क्षेत्रले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उनले बताए ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज