Advertisement

Day: २०८१ कार्तिक ४, आईतवार २०:५८

औषधिसम्बन्धी अपराधका २३ मुद्दा

औषधिसम्बन्धी अपराधका २३ मुद्दा

समाचार
पर्सा —औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयमा एक वर्षको अवधिमा औषधिसम्बन्धी अपराधका २३ वटा मुद्दा परेका छन् । विभागले गत आर्थिक वर्षमा औषधिसम्बन्धी अपराधमा २३ जनाविरुद्ध मुद्दा चलाएको हो । पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र धनुषामा औषधि सम्बन्धि बिभिन्न अपराध गरेकाहरुलाई कारवाहीको दायरामा ल्याइएको कार्यालयका सूचना एवम् फार्मेसी अधिकृत अरविन्द बानियाँले जानकारी दिए । ‘बिना इजाजत औषधि ओसारपसार, बिना इजाजत दर्ता नरहेको औषधि ओसारपसार, प्रतिबन्धित औषधि ओसारपसार, औषधि ऐन २०३५ बिपरीतको कार्य, बिनाइजाजत औषधि खरिद बिक्री आदि अपराधमा २३ जनाविरुद्ध मुद्दा परेको थियो,' उनले भने, 'मुद्दा दायर गरिएकामध्ये चितवनका १०, पर्साका ४, बारा, रौतहटका ३, मकवानपुर र धनुषाका २/२ रहेका छन् ।’ कार्यालयको निरीक्षण टोलीले गत आर्थिक वर्षभरिमा ४ सय ३७ वटा फार्मेसी, २० वटा उद्योगको निरीक्षण गरेको थिय...
हर्क साम्पाङद्वारा कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालत विराटनगरको आदेश

हर्क साम्पाङद्वारा कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालत विराटनगरको आदेश

समाचार
सुनसरी —धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश ध्रुवराज नन्दको इजलासले धरानका नगर प्रमुख साम्पाङले दिएको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको हो । साम्पाङले उपप्रमुख कार्यकक्षमा रहँदा रहँदै नाताले मामाससुरा पर्ने उपमहानगर–११ का वडाध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै उपप्रमुख बेघा अदालत गएका थिए । आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यविभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा (४) को द...
महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

महाकाली प्रादेशिक अस्पतालको सेवा सुदूरपश्चिममै उत्कृष्ट, भयो सम्मानित

समाचार
महेन्द्रनगर । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालहरूबाट प्रदान गरिएको सेवाको सुचकहरूको मूल्यांकन गर्दा यस महाकाली प्रादेशिक अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको महाकाली प्रादेसिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्ट (किरण ) ले जानकारी दिनु भयो । सुदुरपश्चिम प्रदेशका अस्पतालहरूबाट आ.व. २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेस स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा अस्पतालले दिई रहेको सेवा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको उहाँले बताउनु भयो । दक्ष जनशक्ति र उपकरणहरुको अभावका वावजुत पनि अस्पतालबाट प्रदान गरिने सेवाहरुले आम जनताहरुको स्वास्थ्यमा गुणस्तरिय सेवा दिन तल्लिन रहेको यो अस्पतालको उचित मुल्याङकन गरेकोमा उहााले सबै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्...
अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

समाचार
काठमाडौँ —गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन् । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारेका छन् । आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक 'भ्वाइलेन्स रेकर्ड सिस्टम'को सुरुआत गर्दै गृहमन्त्री लेखकले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरेका थिए । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्न...
पूर्व सैनिकको घरमा सकेट बम विस्फोट हुँदा एक जना घाइते

पूर्व सैनिकको घरमा सकेट बम विस्फोट हुँदा एक जना घाइते

समाचार
स्याङ्जामा पूर्व सैनिकको घरमा सकेटबम विस्फोट हुँदा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका वडा नम्बर ४ पुरीगाउँमा शनिबार सकेटबम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी हरिप्रसाद पौडेलले बताए। ४५ वर्षीय गोविन्द पुरी पूर्वसैनिक हुन्। उनले दुई वर्षअघि मात्रै सेनाबाट अवकाश पाएका थिए। तीन तले कच्ची घरको दोस्रो तलामा पुराना भाडा फाल्ने क्रममा सकेटबम अचानक विस्फोट भएको डिएसपी पौडेलले बताए। विस्फोटबाट घरमा सामान्य क्षति भएको र पुरीको बायाँ आँखा मुनि, खुट्टा लगायतमा चोट लागेको छ। विस्फोट भएको सूचनापछि इलाका प्रहरी कार्यालय चापाकोटबाट प्रहरी खटिएर अनुसन्धान अघि बढाएको थियो। पुरीलाई उपचारपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।   सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजलको टोली खटिएर मुचुल्का गरेको थियो। घटनास्थलबाट हाइ एक्पोसिभ पिइके ९०० ग्राम, डेटकढ...
रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

समाचार
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिए। गत शुक्रबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो। संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो।...
भट्ट ले गरे बिद्यार्थी लाई टाइ र बेल्ट सयोग ।

भट्ट ले गरे बिद्यार्थी लाई टाइ र बेल्ट सयोग ।

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दार्चुला २०८१ कार्तिक ०२ शैल्यशिखर न.पा. वडा न.४काडापारी निवासी बुवा हरि दत्त भट्ट (प्रधान ज्यु )का छोरा समाजसेवी महादेव भट्टले श्री भूमिराज मा.वि.तल्लो काडापारी मा अध्ययनरत बालबालिकाहरुका लागि २७६ थान टाइ र २१६ थान बेल्ट विद्यालय लाई हस्तान्तरण गरेका छन । महादेव भट्ट भारत को दिल्ली मा लामो समय देखि कर्म थलो बनाइ बसोबास गर्दै आएका छन उहाँ सुदुर पश्चिमेलि नेपाली समाज का सस्थापक सदस्य तथा बर्तमान अध्यक्ष पनि हुन । उनी सामाजिक सेवा मा निरन्तर लागि रहेका छन । भारत मा अलपत्र देखि दुखी बिरामी समेत लाई सस्था तथा ब्यक्ति गत तर्फ बाट सयोग गरिरहेका छन ।...
रबि लामिछानेलाई आज अदालतमा उपस्थिति गराइँदै

रबि लामिछानेलाई आज अदालतमा उपस्थिति गराइँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डाै – सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको हो । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्ति शुक्रवार बेलुकी काठमाण्डौबाट पक्राउ गरेर राति पोखरा लगेको थियो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ । लमिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको...
आजको मौसम: सुदूरपश्चिम र कर्णालिका केही जिल्लामा पानी पर्ने

आजको मौसम: सुदूरपश्चिम र कर्णालिका केही जिल्लामा पानी पर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज