Advertisement

Day: २०८१ आश्विन २२, मंगलवार २३:३७

कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

समाचार
अछाम —कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका –२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए । मंगलबार साँझ भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर , ५ जना मध्यम र ५ जना सामान्य रहेको भण्डारीले बताए । घाइते हुनेमा अधिकाशंको अछामका रहेका छन् । डिएसपी भण्डारीका अनुसार चालक फरार रहेका छन् । थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।...
कृषिमा सुधार ल्याउने – मन्त्री थापा

कृषिमा सुधार ल्याउने – मन्त्री थापा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
सुदुरपश्चिम प्रदेशका कृषि मन्त्रीले बझाङमा पुगेर कृषिमा सुधार ल्याउने बताउनु भएकाे छ । एक कार्यक्रमका बिच अनुगमनकाे क्रममा जिल्लामा आयाेजित कार्यक्रममा मन्त्री बिरबहादुर थापाले सुदुरपश्चिमकाे कृषि ब्यावसाय र कृषकलाई सहज हुने बाताबरण सृजना गर्दै सरकार अगाडि बढ्ने बताउनु भयाे । पशु विज्ञ्य सेवा केन्द्र बझाङकाे सभाहलमा आयाेजित एक कार्यक्रममा कृषकका गुनासा सुन्दै, आगामी दिनमा केही सुधार ल्याउने र कृषकलाई सहजहुने बाताबरण अगाडि बढाउने मन्त्री थापाले बताए । देश सघिय सग्रचनामा गएपछि प्रदेश सरकारकाे ७ बर्षे रणनीति भन्दै आफू मन्त्री भए पछि कृषकलाई केहि राहत हुने काम गरेको र पहिला भन्दा यस बर्ष राम्रो काम गरेको उनको भनाइ थियाे । आफुले सुदुरपश्चिमका सबै जिल्ला लाई सम्मान गरेको र वास्तविक कृषकलाई लाभ हुने काम गरेको बताउदै, नियमबद्ब रहेर काम गर्न जिल्लाका हाकिम लाई निर्देशन समेत दिनु भयाे । ...
आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र बागमती प्रदेशको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
धनगढीमा जुवाको खालबाट ६ जना पक्राउ

धनगढीमा जुवाको खालबाट ६ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, सुदूरपश्चिम
धनगढी: धनगढीमा झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। उनीहरुमध्ये ऐर भगौडा आर्मी (फौजी) हुन् भने साउद शिक्षक हुन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज