Advertisement
Thursday, May 22

जनप्रियले मनायो सांस्कृतिक उत्सव

Advertisement

जनप्रियले मनायो सांस्कृतिक उत्सव
मसुरिया– विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयले सांस्कृति उत्सव मनाएको छ । प्रधानाध्यापक धनीदत्त भट्टको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक उत्सव मनाएका हुन् ।
कार्यक्रममा विद्यार्थीहरुले पहिरनसहितका थारू नृत्य, डेउडा नृत्य तथा गीत प्रस्तुत गरेका थिए । सांस्कृतिक प्रस्तुतिसँगै विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत घैंटो फोड प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा विद्यार्थीतर्फबाट कक्षा १० मा अध्ययरत विद्यार्थी प्रशान्त टमट्टा र शिक्षक–कर्मचारीबीचको प्रतियोगितामा विद्यालयका कर्मचारी रमा कँडेल विजय भएका थिए ।
यसैगरी कार्यक्रममै जनप्रिय माध्यमिक विद्यालयबाट सरुवा भई गएका शिक्षक शान्ति पन्त र उत्तमराज पनेरुलाई विदाई गरिएको थियो भने सरुवा भई आएका शिक्षक लक्ष्मी शर्मा जोशी, तीर्थराज जोशी, रविना चौधरी, श्यामबहादुर खत्रीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक भट्टले सरुवा भई गएका शिक्षकको योगदानको कदर गर्दै दोसल्लासहित कदर पत्रले सम्मानित गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक भट्टले भने,‘उहाँहरुले विद्यालयमा पुगाउनु भएको योगदान अविष्मरणीय छ, विद्यालय परिवार उहाँहरुलाई सम्झिरहने छ ।’ सरुवा भई आएका शिक्षकलाई स्वागत गर्दै उनले भने,‘तपाईहरुसँग अभिभावक तथा विद्यालय परिवारले ठूलो आशा लिएको छ ।’ कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम अध्यक्ष तथा नागरिक दैनिकका पत्रकार पुष्पराज जोशी, कामना टेलिभिजनका पत्रकारद्वय दिनेश खाती, दिनेश विसी र सुनौलो एफएमका पत्रकार विशाल साउँद तथा शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो । विद्यालका शिक्षक हीरासिंह विठाडी र विद्यार्थी विशाल साउँदले कार्यक्रमको सञ्चालन गरेका थिए ।

हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज