Advertisement

Day: २०८१ आश्विन ६, आईतवार १६:५६

किन पक्राउ परे दुर्गा प्रसाईं ?

किन पक्राउ परे दुर्गा प्रसाईं ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । असोज २ गते जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । एक महिलाबाट दुईजनाबीचको सम्वाद सार्वजनिक गरेको भन्दै एक साताअघि साइबर ब्युरोमा प्रसाईंविरुद्ध मानहानीको जाहेरी परेको थियो । प्रसाईलाई विद्युतीय कारोबार कसुरमा मुद्दा चलाउन आजै जिल्ला अदालत काठमाठौंमा म्याद थपका लागि लगिनेछ ।...
डोटिका चार युवा मिलेर १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती

डोटिका चार युवा मिलेर १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती

ब्यापार, मुख्य समाचार, सुदूरपश्चिम
डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरू गरेका छन्। युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरू गरेका हुन्। वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन्। चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन्। द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन्। प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए। ‘एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो। योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु गर्‍यौं। अनलाइनका माध्यमबाट एक लाख बराबरको साढ...
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेपनि सुरुवाती २ खेल गुमाएको नेपालले अपेक्षित नतिजा हात पार्न सकेको छैन । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानडाविरुद्ध हालसम्म ४ ओडीआई खेलेको नेपालका लागि उत्तर अमेरिकी टोलिविरुद्ध बेहोरेको यो नै पहिलो हार हो ।   दोस्रो खेलमा ओमानविरुद्ध ३ परिवर्तनसहित मैदान उत्रिएपनि नेपाल १ विकेटले पराजित भएको थियो । यस खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि जित हासिल गर्न सकेको थिएन । गुल्सन झाले अर्धशतक प्रहार गर्दै पाँच विकेट ...
यस्तो रहनेछ आज देशभरको मौसम

यस्तो रहनेछ आज देशभरको मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज