Advertisement

Day: २०८१ भाद्र २६, बुधबार १६:५८

स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे सत्तपक्षाका लागि आत्मघाती कदम हुनेछ : सभापति लामिछाने

स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे सत्तपक्षाका लागि आत्मघाती कदम हुनेछ : सभापति लामिछाने

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता पक्षको स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे उनीहरुका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएको छ । पार्टी सचिवालयको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले कांग्रेस र एमालेले पाएको मत ३० प्रतिशत मात्रै भएकोले सांसद संख्याका आधारमा आफू खुसी नगर्न पनि चेतावनी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आफूले आग्रह गरेको उहाँको भनाइ छ । उहाँले सहकारीपीडितको न्याय र अधिकारका लागि आफू प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो । कान्तिपुर...
संविधान जारी गर्न नेम्वाङको ठूलो हात छ – प्रधानमन्त्री ओलि

संविधान जारी गर्न नेम्वाङको ठूलो हात छ – प्रधानमन्त्री ओलि

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधान सभाबाट संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले दिवंगत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताए । दोस्रो संविधानसभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै उनले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गरेको कुरा सधैं देशको सम्झना भइरहने बताए । उनले भने, ‘नेम्वाङ योग्य कानूनविद्, संविधान विद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुह...
प्रधानमन्त्री ओलिलाई बालेनको फेसबुक स्टाटस

प्रधानमन्त्री ओलिलाई बालेनको फेसबुक स्टाटस

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदीतटको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा अवसरवादी चरित्र कायम हुन थालेको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्री लगायतका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको बताएका छन्। उनले लेखेका छन्, ‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनु भन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो। त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नु भए...
सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि आरिघोप्टे वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि आरिघोप्टे वर्षाको सम्भावना

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले विहीबार र शुक्रबार (भोलि र पर्सि) लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताए । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ मौसमविद पुडासैनीले भने । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज