Advertisement
Wednesday, June 18

बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

Advertisement

६ भदौ, धनगढी – घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल भएको छ ।

 

बिहीबार भएको खेलमा बंगलादेशमाथि २-१ गोलको जित निकालेको नेपाल समूह ‘ए’ को विजेता बनेको हो । नेपालसँग पराजित बंगलादेश भने यस समूहको उपविजेता बनेको छ ।

 

नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

 

त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । अब, नेपालले समूह ‘बी’को उपविजेतासँग खेल्ने छ ।

श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

 

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले एक-एक गोल गरे भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए ।

 

नेपालका समीरले खेलको १७औं मिनेटमै गोल गर्द नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । प्रतियोगितामा समीरको यो पहिलो थियो ।

 

त्यसको दुई मिनेटपछि नै निराजनले अर्को गोल थपे । जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो । यसअघि श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन उनले नै निर्णायक गोल गरेका थिए ।

 

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे । नेपालका डिफेन्डर राम थापाले मिराजुललाई बक्सभित्र बंगलादेशले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई मिराजुलले सदुपयोग गरे । तर, खेलको बाँकी अवधि गोल हुन नसक्दा नेपाल २-१ गोलले विजयी भएको हो ।

सिद्धराज पाण्डे (समर्पण)

सिद्धराज पाण्डे (सर्मपण) कामना टेलिभिजनद्धारा सञ्चालित कामनाटुडे अन्लाईन पत्रिकामा संवाददाताको रुपमा काम गर्नुहुन्छ । उहाँसंग बिभिन्न रेडियोमा समाचार प्रमुख भई काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरप...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्प...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज