बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता
६ भदौ, धनगढी - घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल भएको छ ।
बिहीबार भएको खेलमा बंगलादेशमाथि २-१ गोलको जित निकालेको नेपाल समूह ‘ए’ को विजेता बनेको हो । नेपालसँग पराजित बंगलादेश भने यस समूहको उपविजेता बनेको छ ।
नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । अब, नेपालले समूह ‘बी’को उपविजेतासँग खेल्ने छ ।
श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले एक-एक ग...



