दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट
कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत राहदा दुबै पटक सम्मानित भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत राहदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगड पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै २०८०/८१ मा पनि सम्मानित भएका छन् ।
प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै यहि आर्थिक वर्ष २०८०/०८१ मा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् ।२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो ।इन...



